डेढ अर्बको महत्वकाँक्षी आयोजनाः डिपिआरमै समस्या साताभित्रै काम सक्ने तयारी


माघ १३, दैलेख
दैलेखको नारायण नगरपालिका र दुल्लू नगरपालिकाको पर्यटन विकासको मेरुदण्डको रुपमा मानिएको कोटीलाको पञ्चकोशी ताल निर्माणका लागि डेढ अर्बको महत्वकाँक्षी बजेट तयारी गरिएको छ ।
कोटीलामा ताल निर्माण सँगै अहिलेको मन्दिरमा ढुंगा चढेर दर्शन गर्ने सकिने व्यवस्था मिलाउने तयारी भएको छ । तालको वरीपरी पक्कि सडक निर्माण गरिने छ, घोडा चढेर ताल परिक्रम गर्न सकिने व्यवस्थापन मिलाउने तयारी छ, तलको एक छेऊमा भिऊ टावर, तीनवटा स्थानमा माछा मार्ने स्थान तोकिएको छ । ताल वरपरका केही स्थानहरुमा होटेलको व्यवस्थापन गरिने भएको छ । तालको वरपरका बिभिन्न भागहरुलाई तीन स्थानमा बिभाजन गरिने दैनिक हजारौं आन्तरिक र बाह्य पर्यटकहरु भित्राउने तयारी थालिएको छ ।
नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले नगर प्रमुख बिजयी भएलगत्तै स्थानीय पत्रकार, उद्योगी व्यापारी र बुद्धिजिवीहरुसँग छलफल गरेर कोटीलामा मानव निर्मित ताल निर्माण गर्ने योजना बनाएका थिए, करिव २ बर्षपछि बल्ल डिपिआर निर्माण कार्यले अन्तिम रुप लिएको छ । ६ महिना अघि डिपिआर सम्पन्न गर्ने तयारी थालिएको भएपनि कोरोना महामारीका कारण सर्वेका बिभिन्न कामहरुमा ढिलाई भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
डिपिआर निर्माणको अन्तिम तयारी बैठकमा प्रस्तुत गरिएको डिपिआर प्रतिवेदन अँझै पूरा नभएकोले एक सातासम्म थप प्राविधिकहरु, विज्ञहरु, दुल्लू र नारायणका दुवै जनप्रतिनिधिहरुको रोहवरमा एक सातासम्म स्थलगत अध्ययन पश्चात देखिएका कमी कमजोरीहरु सच्चाउँदै काम पूरा गर्ने तयारी थालिएको छ । पानीको वाहव कति हुने, कति क्षेत्रफल ओगट्ने, संभावित क्षती कसरी न्यूनिकरण गर्ने, सर्वे गर्दा बेन्चमार्ग नराखेरै गरिएको, रिपोर्ट अनुसार फिल्डमा पुगेर भेरिफिकेशन हुन नसकेको, मुआब्जा लगायतका समस्या समाधान कसरी गर्ने लगायत बिषयहरु डिपिआरमा नदेखिएको बारेमा सहभागिहरुले गुनासो गरेका छन् ।
डिपिआरमा आउनुपर्ने ठोस कुराहरु अँझै आउन सकेनन् त्यसैले एक साताभित्र पूर्णता दिन निर्माण कम्पनीलाई नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले निर्देशन दिएका छन् । कुल ४५ लाखको लागतमा निर्माण थालिएको डिपिआर सतही रुपमा मात्र आएको सहभागिले गुनासो गरेका छन् । गहिरो अनुसन्धान र थ्री डि मार्फत जनताले बुझ्नेगरी कामको बिवरण आउनुपर्ने सुझाव सहभागिको छ ।
दुल्लू नगरपालिका नगर प्रमुख घनश्याम भण्डारीले आयोजना महत्वकाँक्षी भएपनि दैलेखको पर्यटन विकासमा निकै महत्व राख्ने भएकोले दुवै पालीका मिलेर यो बर्षबाटै कामको सुरुवात गर्ने बताएका छन् ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले दुबै नगरप्रमुखहरुले गम्भिर भएर यो कार्य सुरु गर्न सकेको खण्डमा नारायण र दुल्लू नगरको आम्दानीको राम्रो स्रोत हुनुका साथै पर्यटन विकासमा ठेवा पुग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार