
फागुन १६, दैलेख
नेकपा दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले दैलेखको नेकपा तीन महिनापछि पुरानै अवस्थामा फर्काउने दाबी गरेका छन् । दैलेखमा नेकपा पहिलेपनि १ नं. मै थियो अहिले केही बीचलन आएको जस्तो देखिएको भएपनि तीन महिनामा पुरानै अवस्थामा आउनेगरी गाउँमा अभियान चलाउने बताएका हुन् ।
नेकपा दैलेखको सचिवालय बैठकमा सम्बोधनमा बोल्दै शर्माले यस अघिको स्थानीय चुनावमा ७ वटा पालिका मात्रै बिजय हासिल गरेको नेकपाले अवको निर्वाचनमा ११ वटै पालिकामा बिजय हासिल गर्ने बताएका छन् । २१ गतेबाट दैलेखमा वडा तहसम्मको अभियान सुरु गर्ने शर्माले जानकारी दिएका छन् ।
नेकपा दैलेखको सचिवालय बैठकमा इन्चार्ज लक्ष्मी पोखरेलले समेत नेता तथा कार्यकर्ताहरुलाई कुनै हालतमा बिचलित नहुन र राष्ट्र राष्ट्रियताको पक्षमा अडिक प्रधानमन्त्री के.पी शर्मा ओलिको पक्षमा उभिन आम दैलेखका नागरिकलाई आग्रह गरेका छन् ।
सचिबालय बैठकले दैलेखका ११ वटै पालिकामा अध्यक्ष र सचिव गठन गरेको छ । संघीय र प्रदेशका बिभिन्न निकायहरु समेत गठन गरेको छ । सचिबालय बैठकले पार्टी कार्यालय हेडक्वाटर निर्माण गरेको जानकारी दिएको छ । पार्टी कार्यालय हेडक्वाटरमा रविन्द्रराज शर्मा, प्रेम थापा, तेजबहादुर चन्द, तर्क बडुवाल, रत्नबहादुर खड्का, धिरबहादुर शाही, बखत भण्डारी, खड्कराज उपाध्याय, हर्कबहादुर खड्का रहेका छन् ।









