क्यान्टोनमेन्ट भ्रष्टाचारको अध्ययनमा छौंःरायमाझी


काठमाडौंः नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचार बिषयमा अध्ययन गरिरहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हामी त्यसको अध्ययनमा छौं । अब त्यो विभिन्न निकायबाट खोजीनीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला ।’
बुटवलमा आयोजित पूर्व जनमुक्ति सेनाहरूको भेला कार्यक्रममा प्रसंगवश त्यो कुरा उठेकाले आफूले पनि ‘यो विषय उठेको छ र यसको खोजीनीति हुनुपर्छ’ भनेको उनले सुनाए । उनले भने, ‘उहाँहरुले त्यो भेलामा यो कुरा उठाउनुभयो । व्यापक रुपमा यो विषय उठाउनुभयो । पहिले पनि उठिराखेकै थियो । त्यो उठिसकेपछि त्यहाँको एउटा नेताको हिसाबले, अतिथिको हिसाबले मैले भन्नपर्ने कुरा आयो। यी कुरा उठेका छन् ।
यस विषयमा कुनै न कुनै निकायले, यसको खोजिनीति हुनेछ । मैले यत्ति भनेको हो । मैले आँफै उब्जाएर भनेको होइन । उठेको प्रश्नको मैले यसरी जवाफ आयो । फरक प्रसंगमा उनले आफूमाथि लोडसेडिङ गराएको आरोप लगाउने गरिएपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । बरु, आफू पहिलोपटक उर्जामन्त्री हुँदा ९९ बुँदे मास्टर प्लान ल्याएको र सोही गुरुयोजना अनुसार लोडसेडिङ अन्त्य गर्न मद्दत पुगेको दाबी गरे । उनले अब लोडसेडिङ हुने कुनैपनि सम्भावना नहरेको जिकिर गरे । आगामी भदौबाट नेपाल उर्जामा पूर्ण आत्मनिर्भर हुनपनि उनले घोषणा गरे ।
उनले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन् । उनले भने, ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होइन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन् ।
उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्र बाँकी छ’ को संज्ञा दिए । उनले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा (आफ्नै पार्टी) बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको पनि आरोप लगाए । देशलाई अस्थिरताबाट बचाउनको लागि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भएपनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाए । अर्को नेकपाको नामको विषयमा पनि आफूहरुले मुद्दा हारेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार