नौमूले गाउँपालिकाको लापरवाही ः जनतालाई बाँड्न लिएको चामल गोदाममै कुहियो, १ सय ५५ बोरा मुचुल्का उठाएर गाडियो

साउन २४, दैलेख
दैलेखको नौमूले गाउँपालिकाका जनतालाई बितरण गर्ने भन्दै पालिकाले खरिद गरेको चामल दुई वर्ष गोदाममै थन्कियो । दुई वर्ष अघि असिना पीडित जनताका लागि भनेर गाउँपालिकाले खाद्य डिपो दैलेख अन्तर्गत पालिकाको रकममा लाखौंको चामल खरिद गरेको थियो । ढुवानी भाडा र चामल खरिदको मुल्य समेत पालिकाले बोहेरेको र जनतालाई सस्तोमा चामल बितरण गर्ने अभियान अन्तर्गत लगिएको चामल मध्ये बचेको चामल कुहिएपछि स्थानीय प्रशासन र प्रहरीको रोहवरमा १ सय ५५ बोरा चामल गाडिएको छ ।

तत्कालिन समयमा नौमूले गाउँपालिकामा असिना परेर मकै र धान बाली नष्ट भयो, स्थानीयहरु भोकमारीको चपेटामा पर्न सक्ने अवस्था आएपछि दुई वर्ष अघि देखि पालिकाले जनता बचाउने अभियान अन्तर्गत सस्तो मूल्यमा चामल खरिद गरेर पालिकाका जनतालाई बितरण अभियान पनि थाल्यो । करिव ५ ट्रक भन्दा बढी चामल नौमूले लगिएको थियो, पालिका नजिकै गोदाम बनाएर वडा वडामा चामल बितरण गरिएको नौमूले गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफुले कार्यालय प्रमुखको जिम्मोवारी पाउनुभन्दा करिव दुई वर्ष अघिको बिषय भएको बताउँदै बिग्रेको चामललाई मुचुल्का उठाएर बिर्सजन गरिएको बताए । पालिकामा बिभिन्न खाले समस्याहरु, कोभिड समस्या निरन्तर रहिरहेकोले अति आवश्यकता परेको बेलामा चाहिने होला भन्दै पालिकाले स्टक राखेको हो धेरै समय गोदाममै रहेपछि बिग्रेको बताएका छन् ।

गोदाममा चामल कुहिनु पालिकाको कमजोरी स्थानीय

२ वर्ष सम्म जनतालाई चामल बितरण नगरेर राखिनुमा पालिकाको कमजोरी भएको स्थानीयको आरोप छ । जनताको करको रकमबाट आएको पैसा हो । गरिव र निमुखा जनतालाई समयमै बितरण गर्नुपर्नेमा पालिकाकै कमजोरीका कारण जनताले चामल नपाएको र लाखौंको चामल कुहिएको प्रति स्थानी बासिन्दाहरुले आक्रोस पोखेका छन् । लापरवाही गर्ने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने माग स्थानीय बासिन्दाहरुले गरेका छन् ।

पालिकाको केही कमजोरी भएकै हो तर
मैले मेरो घरमा चामल राखेको हैन्ः बुढा

जनताकै लागि हामीले हजारौं बोरा चामल बितरण ग¥यो, असिना पीडित देखि, कोरोना महामारीका बेला आइसेलेसन, क्वारेन्टाइनमा बसेका जनतालाई पालिकाले खरिद गरेको चामल प्रयोगमा ल्याएका हौं । पालिकामा समस्या धेरै भएपछि चामल ल्याउँदा, पल्टि गर्दा, एक स्थानबाट अर्को स्थानमा सार्दा भिजेका बोराहरु र गोदामको मुनि परेका बोराहरु मध्ये केही चामल बिग्रेको अवस्था आएको हो ।

हामीले नमस्तो होटलको पछाडी गोदाममा राख्दा हजारौं बोरा मध्ये केही चामल बिग्रेन पुगेछ, मैले चामल घरमा लगेर राखेको भन्ने बिषय गलत हो । व्यवस्थापनमा केही कमजोरी भएको होला तर मैले व्यक्तिगत स्वार्थमा चामल प्रयोग गरेको छैन्, जनताकै लागि ल्याएका हौं, व्यक्तिगत कमजोरी देखाउने काम कही कतैबाट भएकोमा मलाई दुःख लागेको बुढाले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार