दैलेख काँग्रेश क्षेत्र नं. २ अधिवेशन क्षेत्रीय सभापतिमा भरत रिजाल विजयी महाधिवेशन प्रतिनिधिमा १७ पौडेल ८ देउवा पक्ष

मंसिर ८, दैलेख
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दैलेख क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा भरतप्रसाद रिजाल विजयी भएका छन् । देउवा पक्षका भरतप्रसाद रिजालले ३९९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी मातृका रिजालले ३५२ मत प्राप्त गरेका छन् ।
सचिव पदमा देउवा समूहका नैनबहादुर शाहीले ४०४ मत प्राप्त गरेर विजयी भएका छन् भने पौडेल समूहका अर्का सचिव सूर्यबहादुर शाहीले ३६५ मत प्राप्त गरेका छन् । त्यस्तै दुई वटा सह सचिवमा पनि देउवा पक्षका प्रकाश कुमार शाही र पौडेल पक्षका मदनबहादुर शाही विजयी भएका छन् ।
खुला तर्फको क्षेत्रीय कार्य समितिमा पवन कुमार थापा, दीपेन्द्रकुमार बम र नमबहादुर शाही विजयी भएका छन् । उनीहरू सबै देउवा पक्षका हुन् ।
क्षेत्रीय कार्य समिति सदस्य महिला तर्फ संस्थापन पक्षकै सुशीला खनाल विजयी भएकी छिन् । क्षेत्रीय कार्य समिति सदस्य खस आर्य तर्फ संस्थापन इतरका मानबहादुर शाही र रामेश्वर जैसी, क्षेत्रीय कार्य समिति सदस्य खस आर्य महिला तर्फ संस्थापन पक्षकै शर्मिला कुमारी शाही चन्द र शारदा कुमारी शाही विजयी भएका छन् ।
यस्तै क्षेत्रीय कार्य समिति सदस्य दलित खुला तर्फ संस्थापन पक्षकै पदमसिंह विश्वकर्मा, क्षेत्रीय कार्य समिति सदस्य दलित महिला तर्फ संस्थापन पक्षकै अन्जु विक र क्षेत्रीय कार्य समिति सदस्य अपाङ्ग अल्पसंख्यक तर्फ संस्थापन पक्षकै प्रेमप्रकाश आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशन प्रतिनिधिमा १७ पौडेल ८ देउवा पक्ष
दैलेख प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षका धेरै उम्मेदवारले विजय प्राप्त गरेका छन् । २५ जना महाधिवेशन प्रतिनिधि मध्ये १७ जना पौडेल पक्षका विजयी भएका छन् भने ८ जना देउवा पक्षका विजयी भएको निर्वाचित महाधिवेशन प्रतिनिधि सूर्य विकले जानकारी दिएका छन् ।
दुल्लु नगरपालिकाका नगर प्रमुख रहेका देउवा पक्षका घनश्याम भण्डारीले सबैभन्दा धेरै ४२९ मत प्राप्त गरेका छन् । उनीसँगै देउवा पक्षका किरण भण्डारीले ३६३ मत प्राप्त गरेर विजयी भएका छन्, मधुर विक्रम खनालले ३९९, सिता कुमारी रानाले ४०३, दीपा बोहरा ३६१, दिनेश कुमार हमाल ३७५, दीपक वि.क. ३६७, खड्गे नेपालीले ३६२ मत प्राप्त गरेका छन् ।
पौडेल पक्षका डा. धनेश्वर नेपालले ३८२, भूपेन्द्र बहादुर शाही (क) ले ३८५, ईश्वर बहादुर विष्टले ३७०, एकेन्द्र बहादुर पन्तले ३७७, शिवराज जोशीले ३७५, किरण कुमार भण्डारीले ३६२, धिरेन्द्र सापकोटाले ३५७, दिक्पाल कुमार शाहीले ३५५, रीता कुमारी शाहीले ३८२, इन्द्रा कुमारी शाहीले ३५२, प्रेम प्रकाश शाहीले ४००, नारायण प्रसाद रेग्मीले ३२६, अरुणा बिसी महतले ४५०, भीम कुमारी भण्डारीले ३२८, मनसरा कुमारी शर्माले ३१४, सूर्य बहादुर विकले ३८१, सीता विकले ३६६ र चेत बहादुर थापाले ३७४ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार