कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा ६ जना निर्विरोध


कर्णालीः नेकपा एमाले कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा छ जना निर्विरोध चयन भएका छन । ओलीको सूचीमा नअटाएका योगेन्द्रबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए ।
उम्मेदवारी फिर्तासँगै गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नागिन्द्र शाही (नेशनल), निरज आचार्य र विष्णु रिजाल निर्विरोध भएका छन् ।
कर्णालीबाट केन्द्रीय सदस्यमा तीनजना महिला पनि निर्विरोध भएका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार