निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौंः स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ राजनीतिक दललाई आमन्त्रण गरिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले जानकारी दिए ।
बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे पनि छलफल हुने उनले बताए ।
आयोगका पदाधिकारीले गएको पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा गरी दुई चरणमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरे पनि सरकारले यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
२०७४ सालमा भएको स्थानीय चुनावका निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार