
माघ १५,दैलेख
दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव खेमराज ओलीले सरकारले चुनाव नगरे पनि आफूले जेठ ४ गते पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले जनताको अभिमत अनुसार ५ वर्षको जनताले दिएको अभिमत अनुसार जनताका लागि आफूले काम गरेको बताएका छन् । जनताको म्याण्डेड र संविधान अनुसार सरकारले चुनाव घोषणा गर्नुपर्दछ यदि सरकारले चुनाव घोषणा नगरेको खण्डमा जेठ ४ गते १ बजे आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।










