
चैत्र ५, दैलेख
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दैलेखको १३ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । दैलेख सदरमुकाममा सम्पन्न अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । संगठनको अध्यक्षमा पुष्पा थापा चयन भएकी छन् । उपाध्यक्षमा मन्जु खड्का र कृष्णबहादुर भण्डारी चयन भएका छन् । सचिबमा दुर्गाप्रसाद पोखरेल, कोषाध्यक्षमा प्रेम प्रसाद दाहाल, लगायतका भूगोल र क्षेत्रअनुसार ३३ सदस्य जिल्ला कमिटी चयन भएको छ ।
केन्द्रीय प्रतिनिधिमा हिमालयजंग शाह, इला मल्ल शाही, खगेन्द्र श्रेष्ठ, देवेन्द्रराज अधिकारी, कृष्णप्रसाद भट्राई, शक्तिराम बुढा, सिता रेग्मी चयन गरिएको छ ।
अधिवेशनका लागि केन्द्रीय महासचिव हंसबहादुर शाही र केन्द्रीय महिला उपाध्यक्ष इला मल्ल साहीको उपस्थिती रहेको थियो ।











