नारायणमा एमालेबाट शर्मा र थापाको उम्मेदवारी

  • गठबन्धनको टुंगो लागेन
  • स्थानीय तहको निर्वाचनको आजबाट उम्मेदवारी दिने समय सुरु भएको छ । देशैभरका स्थानीय तहमा ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । दैलेखमा पनि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीका लागि सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जानकारी दिएको छ ।
    दलहरुलाई समय निर्धारण गरेर उम्मेदवारीको लागि जानकारी गराईएको निर्वाचन कार्यालय दैलेखले जानकारी दिएको छ ।
    नेकपा एमालेले दैलेखको नारायण नगरपालिकाको नगर प्रमुखका लागि लोमन शर्मा र उपप्रमुखमा तप्ता थापाको उम्मेदवारी टुँगाएसँगै उम्मेदवारी दर्ता हुने नेकपा एमालेले जानकारी दिएको छ । नेकपा एमालेले क्षेत्र नं. १ को नौमूलेमा अध्यक्षमा सशिराम बि.क., महावुमा हरि उपाध्याय, भगवतीमाईमा शान्ति शर्मा, डुङ्गेश्वरमा सुन्दर केसी लगायतको उम्मेदवारी अन्तिम टुँगोमा पुगिसकेको जानकारी दिएको छ ।
    क्षेत्र नं. २ मा चामुण्डाबिन्द्रासैनीमा सूर्यबहादुर शाहीलाई सर्वसम्मत नगर प्रमुखमा टुँगो लागिसकेको छ । आठवीसमा तर्कबहादुर बढुवाल, दुल्लूमा रुद्र शाहीको नाम अन्तिम तयारीमा रहेको बताइएको छ भने अन्य पालिकामा टुंगोमा पुग्न सकेको छैन् ।
    सत्ता गठबन्धन अन्तर्गत दैलेखमा चार दलिय गठबन्धनको बिषय अँझै टुँगोमा पुग्न सकेको छैन् । पछिल्लो प्राप्त जानकारी अनुसार दैलेखका ११ पालिका मध्ये ७ पालिकामा नेपाली काँग्रेस र ४ पालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दिने तयारी भएको छ ।
    भगवतीमाई गाउँपालिका र ठाँटीकाँध गाउँपालिकामा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्र, महावुमा एकीकृत समाजवादीको टुँगो लागिसकेको छ । नारायण नगरपालिकामा एकीकृत समाजवादीले आफुले पाउनुपर्ने दावी गरेपछि अन्तिम टुँगो लाग्न नसकेको एक नेताले जानकारी दिएका छन् ।
    नेकपा माओवादी केन्द्रले नौमूलेमा आफुहरुले पाउनुपर्ने अडान धेरै समय लिएको भएपनि अध्यक्ष र उपाध्यक्षनै नेपाली काँग्रेसले जितेका कारण दिन नसकिने भएपछि नौमूलेमा माओवादी केन्द्र र समाजवादी गठबन्धनबाट बाहिरिएको घोषणा गरेका छन् ।

    नौमूलेमा वाममोर्चाको घोषणा


    दैलेखको नौमूले गाउँपालिकामा सत्ता गठबन्धनमा चुनौती देखिएको छ । गठबन्धन भित्र रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले चुनावी तालमेलमा भागबन्डा गर्दा नौमूले क्षेत्रलाई अपमान गरेको भन्दै वाममोर्चाको घोषणा गर्दै विज्ञप्ति सार्वजनिक गरेका छन् ।
    नौमूलेमा नेपाली काँग्रेसले नै गाउँपालिका अध्यक्षको टिकट दिने निर्णय भएपछि गठबन्धनका दुई पार्टीले विरोध जनाएका छन् । वाममोर्चा निर्माण गरेर मित्रवत रुपमा चुनावी प्रतिश्पर्धा गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    नेकपा माओवादी केन्द्रका नौमुलेका अध्यक्ष छवि सुवेदी र एकीकृत समाजवादी नौमुलेका अध्यक्ष कृष्ण सलामीको हस्ताक्षरमा निकालिएको विज्ञप्तीमा भनिएको छ । वर्तमान जनआधार को मुल्यांकन नगरी २०७४ सालको मत परिमाणलाई आधार बनाएर जानू भनेको नेपाली कांग्रेस पार्टीको हैकमवादी चरीत्र उजागर भएको छ ।
    नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले नौमुले गाउँपालिका दुई पार्टीको सयुक्त चुनावी मोर्चाको घोषणा पहिले नै गरिसकेको थियो । स्थानीय तहको निर्वाचनमा दुई दलिय गठबन्धनको तर्फबाट छट्टाछुट्टै उम्मेदवार दर्ता गर्ने बिज्ञप्तिमा जनाईएको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार