व्यवस्थित विकास पहिलो उद्देश्य ः वडा अध्यक्ष मनोज थापा भिडियो सहित

दैलेख ः नेकपा एमालेको तर्फबाट नारायण नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदका उम्मेदवार मनोज थापाले आफू निर्वाचित भएको खण्डमा विकासलाई व्यवस्थित गर्नु आफ्नो पहिलो उद्देश्य रहेको बताएका छन् ।
उनले स्थानीय सरकारले विकासको मोडल तयार गर्दै गएको र आफू निर्वाचित भए नारायण वडा नम्बर १ मा गरिएका विकासलाई थप व्यवस्थित गर्दै लैजाने बताए ।
उनले भने, स्वास्थ्य, शिक्षा, भौतिक विकास लगायतका धेरै कामहरू भएको भए पनि व्यवस्थित भएका छैनन्, नगरपालिका भित्र तारहरूको अवस्था लथालिङ्ग छ, आफूले जनतासँग एक महिनाको समय मागेर सबै व्यवस्थित गर्छु’, ।
उनले नारायण १ मा आउने विकासे बजेटका बारे नागरिकलाई प्रत्यक्ष जानकारी दिएर सुशासनको अनुभुति गराउन लाग्ने बताए । ‘सबै नागरिकलाई राखेर पारदर्शी तरिकाले विकासे योजनाको वितरण हुने छ’, उनले भने ।
थापाले शिक्षाका क्षेत्रमा गुणस्तर कायम गराउन लाग्ने बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि आफू जहिले पनि तत्पर रहने बताए । उनले नारायण नगरपालिकामा पर्यटनको विकासका लागि पहल गर्ने बताए । थापाले जनताका समस्यासँग सँधै नजिक रहेर काम गर्ने बताउँदै सबैले एमालेको देश बनाउने अभियानमा साथ दिएर एमालेका सबै उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार