
दैलेख ः एमालेको तर्फबाट नारायण नगरपालिका दैलेखको उपप्रमुख पदका उम्मेदवार तप्ता थापाले दुई वर्ष भित्र नगरका सबै वडामा पुग्ने सडक कालोपत्रे गर्ने बताएकी छन् । उनले कृर्षिलाई आया आर्जन मुलक बनाउन आफुहरु लाग्ने बताइन् ।
थापाले नारायणमा रहेका व्यरोजगार युवा यूवतिहरुलाई स्थानीय स्तरमा रोजगारीको व्यवस्था गर्ने , नारायणको पर्यटन विकासका लागि काम गर्ने बताइन् । थापाले नगरका सबै स्वास्थ्य चौकीमा २४ घण्टा सेवा उपलब्ध गराउने बताइन् ।
थापाले भनीन, नारायणका प्रत्येक वडाहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मी सहितको वर्थिङ्ग सेन्टर सञ्चालन गर्ने छौ, आमा र बच्चाको स्वास्थ्य सुरक्षका लागि विशेष ध्यान दिदै पोषण र खोपको सेवा प्रभाव कारी गराउन लाग्ने छौँ,









