दैलेखका ११ वटै स्थानीय तहमा एमालेको विजय सुनिश्चित भइसक्यो ः अध्यक्ष शर्मा (भिडियो सहित)


नेकपा एमाले दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले नेकपा एमाले दैलेखले दैलेखका ११ वटै स्थानीय तहमा जित हात पार्ने बताएका छन् । विशेष अन्तरवार्ता दिँदै शर्माले भने नेकपा एमालेले यस अघिको स्थानीय तहमा विजयी भएका स्थानहरू झन् मजबुत भएको र बाँकी रहेका पालिकाहरूमा पनि गठबन्धनको किचलोका कारण, नेकपा एमालेको जित सुनिश्चित भएको बताएका छन् ।
दैलेखको सन्दर्भमा हाम्रो प्रतिस्पर्धा नेपाली काँग्रेससँग थियो, अहिले पनि अन्य पार्टी सँग प्रतिस्पर्धा नै नहुने अवस्था हो तर नेपाली काँग्रेस दैलेखले अहिले सम्म जनताका पक्षमा काम गर्ने कुनै एजेन्डा र साझा प्रतिबद्धता निर्माण गर्न सकेन, केवल गठबन्धनमा मात्रै ध्यान दियो, त्यसैले पनि नेकपा एमालेलाई जित सहज भएको बताएका छन् । देशको समृद्धिको सपना नेकपा एमालेसँग मात्र भएको भन्दै धेरैजसो नेता तथा कार्यकर्ताहरूले एमालेमै मतदान गर्ने अवस्था सृजना भएपछि एमालेले ११ वटै पालिकामा आफ्नो जित सुनिश्चित गरेको बताएका छन् । बाँकी भिडियोमा।।।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार