नौमुलेमा काँग्रेसको बिरासत गुम्यो गाउँपालिकाको अध्यक्षमा माओवादीका छवी सुवेदी विजयी


दैलेख जेठ १ ।
दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवी सुवेदी विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदीले नेपाली काँग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिका अध्यक्ष भदे बुढा मगरलाई पराजित गर्दै विजयी भएका हुन् ।
छवी सुवेदीले ३ हजार २ सय मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवारले २ हजार ५ सय ४४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शशिराम वि.क.ले १ हजार ९ सय २० मत प्राप्त गरेका छन् ।
नौमूले गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार गगनबहादुर शाही विजयी भएका छन् । उनले २ हजार ८ सय ३४ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट उपाध्यक्ष अमृता सिंहले २ हजार ४ सय ५ मत प्राप्त गरेकी छन्, नेकपा एमालेका रिता चन्दले १ हजार ९ सय १८ मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा विजयी उम्मेदवार गगनबहादुर शाही नेपाली काँग्रेसको गाउँपालिका सभापति पद छोडेर एकीकृत समाजवादीबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचन लडेका थिए ।


नौमुलेमा नेपाली काँग्रेस र नेकपा एमाले एक्ला एक्लै निर्वाचनमा होमिएका थिए भने नेकपा माओवादी केन्द्र, र एकीकृत समाजवादी र नेपाली काँग्रेसबाट असन्तुष्ट भएर गएका गंगबहादुर शाहीको गठबन्धन थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार