दैलेखको पेट्रोलियम अन्वेषणको अन्तिम सर्वेक्षण हुँदै चीनको टोली नेपाल आउने तयारीमा


जेठ १३, दैलेख
दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम सर्वेक्षणको काम पुनः सुरु हुने भएको छ । पहिलो चरणको नजिता सन्तोषजनक आएपछि अन्तिम सर्वेक्षणका लागि चीनको टोली पुनः नेपाल आउने तयारीमा रहेको खानी तथा भूगर्व विभागले जानकारी दिएको छ ।
कोरोनाका कारण रोकिएको कामको समय सकिएको भए पनि नेपाल सरकारले २०७८ साल चैत्र १४ गते नै २ वर्ष भ्याद थप गर्ने निर्णय गरेको थियो ।
पहिलो पटक नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबिच सन २०१९ फेब्रुअरी २८ मा सम्झौता भएको थियो । सम्झौता अनुसार सन २०२२ फेब्रुअरी २८ मा समय सकिएपछि अन्तिम सर्वेक्षण के हुने भन्ने विषय अन्यौलता रहेको भए पनि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दुई वर्ष म्याद थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा।गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन ।
दैलेखकै भू–भागमा अन्तिम अन्वेषणको काम सुरु हुने भएको छ । अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएको र प्रतिवेदनको सकारात्मक रिजल्ट आएकोले जमिन मुनि करिब ४ किलोटिर ड्रिलिङ गरेर अन्तिम अन्वेषणको काम सुरु हुने भएको हो ।
धमाधम काम सुरु भई रहेका बेलामा कोरोनाको तेस्रो लहर आएपछि काम प्रभावित भएको थियो । दैलेखका पूर्व पश्चिम क्षेत्रहरूमा करिब ३ हजार स्थानहरूमा सामान्य ड्रिलिङका कामहरू सम्पन्न भइसकेका छन । जमिन भित्र तरङ्ग पठाउने लगायतका अध्ययनहरू सम्पन्न भई सकेका छन ।
चिनियाँ प्राविधिक टोलीले संकलन गरेका स्रोत र चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको जानकारी चिनियाँ प्राविधिक टोलीले आफूलाई गराएको र जमिनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्न सक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतहीमा भएकोले अन्तिम अन्वेषणबाट पनि सकारात्मक रिजल्ट आउने सकिने आशा गरेको त्रिपाठीले बताएका छन् ।


चीनको टोली नेपाल आउन तयार छ तर कोभिड महामारीका बेलादेखि नेपाल र चाइना सिँधै हवाई सञ्चालन हुन सकेको छैन । हवाई सञ्चालन हुने बित्तिकै टोली नेपालमा आउने खानी तथा भूगर्व विभागले जानकारी दिएको छ ।
दैलेखमै भण्डारण छ कि छैन ? अन्तिम अन्वेषणले थाहा हुन्छ ।
दैलेखका विभिन्न भू–भागहरूमा पेट्रोलियम पदार्थ खोलामाथि तैरिएर बग्न थालेको सयौँ वर्ष पहिले देखिनै हो भन्ने तत्थ्य पत्ता लागि सकेको छ । यही तत्थ्यका आधारमा दैलेखकै भू–भाग वरिपरि जमिनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्न सक्ने भौगर्भिक संरचना रहेका प्रमाणहरू अध्ययनका बेलामा फेला परेका छन ।
अन्वेषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओ केमिकल स्याम्पलिङ गरी महत्वपूर्ण मानिएको सेस्मिक सर्भे सम्पन्न भएको छ । ४ हजार मिटर ड्रिलिङ पछि दैलेखकै भू–भागमा पेट्रोलियम पदार्थ छ कि छैन थाहा हुन्छ । यदि छ भन्ने प्रमाण भेटियो भने बल्ल कति परिमाणमा छ । व्यापारिक प्रयोजनका लागि अध्ययन हुन्छ । त्रिपाठीको भनाई छ ।


चीन सरकार सरकारसँगको जिटुजी सम्झौता अनुसार २ अर्ब बढी रकम अन्तिम अन्वेषण सम्मका लागि प्राविधिक र अन्य व्यवस्थापनमा खर्च हुने छ ।
दैलेखको नारायण नगरपालिका, दुल्लू नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिकालाई अध्ययनको विशेष क्षेत्र बनाइएको छ । डुङ्गेश्वर गाउँपालिका,नौमूले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भू–भाग समेटेर दश वटा सिस्मिक लाइनहरूमा जम्मा दुई सय लाइन किमी सर्भे गर्न चार सय वर्ग किमी भू–भाग समेटेर सर्भे सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार