शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नु पहिलो दायित्वः कानुन मन्त्री कोइराला


दैलेख : नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द कोइराला (वन्दी) ले नेपालमा शान्ति प्रक्रिया सुरु भएपछिका बाँकी रहेका कामहरूलाई टुङ्गोमा पु¥याउनु कानुन मन्त्रालय र आफ्नो पहिलो दायित्व भएको बताएका छन् ।
गृह जिल्ला दैलेख आएका कानुन मन्त्री गोबिन्द कोइरालाले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग छुवाछुतका विषयमा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
शान्ति प्रक्रिया थालनी भए पश्चात धेरै कामहरु पूरा गर्न बाँकी छ, सरकारको तर्फबाट आफुले पाएको जिम्मेवारी कुसलतापूर्वक निर्वाह गर्दै बाँकी रहेका कामहरु छिटो भन्दा छिटो टुंग्याउने तयारीमा रहेको बताएका छन् ।
अन्यायका विरुद्धमा बाल्यकादेखि नै बोल्दै आएका मन्त्री कोइरालाले छुवाछुत र भेदभाव जन्य कुरा कसैले सत्ता सञ्चालनका लागि मात्र बनाएको भन्दै त्यसका विरुद्धमा सबै एक हुनु पर्नेमा जोड दिएका छन् । छुवाछुत कानुनी र सामाजिक अपराध भएकोले सवैले मिलेर यसको प्रतिकार गर्नुपर्ने सुझाव दिएका छन् ।
दैलेख आएका मन्त्री कोइरालालाई उद्योग वाणिज्य संघ दैलेख, नारायण नगरपालिका, पूर्व विद्यार्थी एकता समाज दैलेख लगायतका संस्थाहरुले सम्मान गरेका छन् ।
दैलेखको सबैभन्दा महत्वपूर्ण मानिएको दैलेख सदरमुकाम महावु कालिकोट हुँदै जुम्ला सडकको स्तरोन्नती गर्नुपर्ने, दैलेखमा रहेको पेट्रोलियम अन्वेषणको काम छिटो सञ्चालन गर्नुपर्ने, दैलेख सुर्खेत सडक दुई लेनको बनाउनुपर्ने लगायतका माग राख्दै दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुल बहादुर विकले पञ्चकोशी क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरेका छन् ।
दैलेखको समग्र विकासका लागि संघीय सरकार र आफ्नो ठाउँबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता मन्त्री गोबिन्द कोइरालाले गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार