
जिल्लाको नौमूले गाउँपालिकाले ५० करोडको वजेट ल्याएको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा १० औं अधिवेशनबाट आर्थीक वर्ष २०७९÷८० का लागि नौमूले गाउँपािलिकाले पचास करोड बजेट ल्यायको हो ।
गाउँपालिकाले बुधबार प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार र कृषि उत्पादनलाई विशेष प्राथमिकता दिएको गाउँपालिका अध्यक्षय छवि सुवेदीले बताए । दैलेखका ११ वटा स्थानीय तह मध्ये आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याउँने नौमूले गाउँपालिका पहिलो हो ।
कानुनत स्थानीय सरकारले असार १० गतेसम्म बजेट ल्याइसक्नु पर्ने हुन्छ । असार १० गते स्थानीय सरकारले प्रस्तुत गरेको बजेट असार मसान्तसम्म कार्यपालिकाबाट पास गरि सक्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।
विगतका वर्षहरुमा स्थानीय सरकाहरुले कानुनी प्रावधान विपरित ढिलो गरी बजेट प्रस्तुत र पारित गर्ने गरेकाले स्थानीय तहमा लक्ष्य अनुसारकोे काम गर्न प्रभावित हुने गरेको थियो । यो वर्ष समयमै वजेट प्रस्तु पारित गर्नका लागि स्थानीय सरकारहरुले तदारुकता देखाउँनु पर्ने देखिन्छ ।
सुशासन पहिलो प्राथमिकता गाउँपालिकाका अध्यक्ष छवी सुवेदीले नौमूलेले पहिलो प्राथमिकता सुशासनलाई दिएको बताएका छन् । आर्थिक वर्ष २०७९÷०८० को वजेट प्रस्तुत पछि पत्रकारसँग कुरा गर्दै उनले जवाफदेहिता पारदर्शीता नौमूलेको पहिलो मन्त्र भएको बताए ।
उनले स्थानीय सरकारले नागरिकलाई दिने सेवाहरुमा एकद्धार प्राणाली अपनाइने बताए । सुवेदीले भने, नौमूले पिछडिएको गाउँपालिका हो, यहाँका नागरिक अहिले पनि सञ्चारको सुविधाबाट बञ्चित छन्, सडकको अवस्था नाजुक छ’, उनले नागरिकको जीवीको पार्जनका लागि विषेश कामहरु गर्ने बताए । उनले स्थानीय तहको क्षमताले भ्यायसम्म नागरिकको पक्षमा काम गर्ने अठोट व्यक्त गरे । व्यरोजगारीको समस्या समाधान गर्नका लागि उत्पादनमूखि काम गरिने अध्यक्ष सुवेदीको भनाई छ ।
उनले आफ्नो गाउँ आफै बनाउनका लागि श्रमदान अभियानलाई अगाडि बढाउने बताए । श्रम अभियानका लागि सहकारी समूहरुको निर्माण गरेर कामको थालनी गरिने अध्यक्ष सुवेदीको भनाई छ ।
‘हामीले ठूला महत्वकांक्षी योजना बनाएका छैनौँ, जनताले सेवा पाउने गरी साना काम देखिने गरी गर्ने उद्देश्य छ’, उनले भने । अध्यक्ष सुवेदीले स्थानीय जनताले नौमूले सरकारप्रति निगरानी बढाउनु पर्ने बताए ।










