दैलेख : नेकपा एमालेकी केन्द्रीय सदस्य सुर्यकुमारी श्रेष्ठले मदन भण्डारीको आदर्श र उनले प्रतिपादन गरेको जनताको बहुदलिय जनबादलाई नेपालका कम्यूनिष्टहरुले मात्र हैन सबै राजनीतिज्ञहरुले अवलम्बन गर्नुपर्ने बताएकी छन् ।
प्रेस चौतारी नेपाल दैलेख शाखाले ७१ औं मदन स्मृती दिवसको अवसरमा गरिएको जनताको बहुदलीय जनवाद र अभिव्यक्ती स्वतन्त्रता विषयक अन्त्ररक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले देशमा जहानिय शासनबाट जनताका अधिकारहरु खोसिएका बेलामा जनताले आफ्नो स्वतन्त्रताका लागि लडाँई गर्नुपर्ने बहस सुरु गरेर देशमा जनताको बहुदलिय जनबाद सृजना हुनुपर्ने बिषयलाई आम नागरिकहरुको सुरक्षाका लागि अघि बढाएको बिषयलाई मनन् गर्दै सबैले जनताको लागि काम गर्नुपर्ने सुझाव दिएकी छन् । समाजमा रहेका बिपन्न, गरिव, असहाय, निमुखा वर्गका लागि शासन गर्ने भनेर सत्तामा पुगेकाहरुले कहिल्यै पनि जनताभन्दा बाहिर रहेर काम गर्न नहुने श्रेष्ठको भनाई छ ।
नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले मदन भण्डारीले गरेको योगदानको प्रसंशा गर्दै जनताको सेवकका रुपमा जनप्रतिनिधिहरुले काम गर्नुपर्ने सुझाव दिएका छन् । मदन भण्डारीले प्रतिबादन गरेको जनताको बहुदलिय जनबाद अहिले अधिकाँस देशहरुले अवलम्बन गरेको र विश्वले समेत नेपालमा कार्लमाक्सको जन्म भएको भनेर उच्च प्रशंसा गरिरहेका बेलामा उहाँको षडयन्त्रपुर्वक हत्या गरिएको बताउँदै उहाँ मरेर गएपनि उहाँको आर्दशलाई नेपालका कम्यूनिष्ट पार्टीहरु र बिशेष गरेर नेकपा एमालेले अलम्बन गरेको बताएका छन् ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं कर्णाली प्रदेश इन्चार्ज बिष्णु शर्माले स्वर्गीय मदन भण्डारीले नेपालका राजनीतिक दलहरुलाई दिएको उपदेश पालना मात्र गर्न सके नेपाल समृद्ध मुलुक बन्ने र वर्गबिहिन समाजको निर्माण हुने बताएका छन् । शिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्ने भन्ने बिषयलाई राजनीतिकर्मीहरुले अवलम्बन गर्नुपर्ने बताएका छन् ।
नेपाली कम्युनिष्ट राजनीतिक विचारका एक शिखर व्यक्तित्वका रुपमा मदन भण्डारीको योगदान रहेको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ विचारको सैद्धान्तिक धरातलमा व्याख्या र विश्लेषण गरेर त्यसको परिणति स्वरुप वर्तमान नेपाली कम्युनिष्ट आन्दोलन नेपालमा मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा पनि स्पष्ट प्रभाव पारेको देखिन्छ ।
२००९ साल असार १४ गते जन्मेका मदन भण्डारीको २०५० साल जेठ ३ गते दाशढुंगामा जीप दुर्घटना गराएर हत्या गरिएको थियो ।











