पुनःटाईम कार्ड लागू

दैलेख–सुर्खेत सडक खण्डमा पुनः टाईम कार्ड सुरु गरिएको छ । दैलेख–सुर्खेत ६७ किलोमिटर सडक खण्ड साँगुरो भएको र सवारी चाप बढेसँगै टाइम कार्ड लागू गरिएको हो ।
सवारी साधनहरु एकले अर्कोसँग प्रतिश्पर्धा गरेर तीब्र गतिमा दौडाउन थालेपछि टाइम कार्डको सुरुवात गरिएको हो । यसले गती नियन्त्रण हुने र दुर्घटना कम हुने दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिएका छन् । कर्णाली प्रदेश सभाका पूर्व मन्त्री अम्मर बहादुर थापा प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, नारायण नगरपालिका प्रमुख लोमन शर्मा लगायतले सवारी चालकलाई टाईम कार्ड प्रदान गरेर सोमबार बाटै लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार