कार्यसम्पादन प्रभावकारी बनाउँदै दैलेख प्रहरी

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले आफ्नो कार्य सम्पादन प्रभावकारी बनाउँदै आएको छ । प्रहरी प्रमुख भवनेश्वर प्रसाद शाह जिल्ला आए लगत्तै सेवा प्रभावकारितलाई महत्व दिएका हुन् ।
बिशेष गरेर युवाहरुमा देखिएका समस्या, महिला हिंसा, बालबालिका हिंसा र लागुऔषधको प्रयोग जस्ता बिषयहरुलाई महत्व राख्दै जिल्लाका ११ वटै पालिकाहरुमा सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत बिभिन्न चनचेतनामुलक गतिविधिहरु सञ्चालन हुँदै आएका छन् ।
दैलेखका अधिकाँस स्थानीय सरकारले गत आर्थिक वर्षमा सम्पन्न गरेका कामहरुको बिवरण सार्वजनिक गर्न नसकेका बेलामा जिल्ला प्रहरी कार्यालय दैलेखले सार्वजनिक सुुनुवाई गरेर जनताका गुनासा सुन्ने र आगामी दिनहरुमा कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने बिषयमा खुला छलफल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नारायण नगरपालिका –१ गणेश मन्दिरको प्राङगणमा सार्वजनिक सुनुवाई गरिएको हो । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा सम्पन्न सुनुवाईमा जिल्लाको समग्र शान्ति सुरक्षा, नागरिकबाट आएका सुझाव र सल्लाहहरुको मनन सँगै सेवा प्रभावहमा गर्नुपर्ने थप कामको चर्चा गरिएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मन्त्री अमरबहादुर थापा, नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्का, नौमूले गाउँपालिकाका अध्यक्ष छवी सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार