रेडक्रसको साधारण सभा सम्पन्न

दैलेख : नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखको वार्षिक साधारण सभा सम्पन्न भएको छ । रेडक्रसले गत आर्थिक वर्षमा सम्पन्न गरेका कामहरु र यो बर्षमा सञ्चालन गर्ने गतिविधिहरुको जानकारी सँगै तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गत वर्ष सम्पन्न गतिविधिहरुलाई रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखका मन्त्री यामराज कटुवालले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए शाखाका उपकोषाध्यक्ष अनिता केसीले आर्थिक प्रतिवेदन पेश गरेकी छन् । रेडक्रसले यो वर्षबाट दैलेखको भगवतीमाई गाउँपालिकामा स्वास्थ्य सँग सम्बन्धी कार्यक्रम लागू गर्ने भएको छ । जिल्लामा कोरोना भाईरसको संक्रमणका बेलामा अन्तर्राष्ट्रिय रेडक्रसको सहयोगमा जिल्ला शाखा मार्फत बिभिन्न पालिकाहरुमा सामग्रीहरु प्रदान गरिएको र खोज तथा उद्धारका कामहरुमा रेडक्रसले लामो समयदेखि काम गरिरहेको शाखा सभापति खेमराज केसीले जानकारी दिएका छन् ।
कार्यक्रममा नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्मा, प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला शाखा दैलेखका सभापति खेमराज केसीको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार