थाल ठटाएर महँगीको विरोध

दैलेखः महँगी बढ्दै गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले दैलेखमा थाली बजाएर विरोध जनाएका छन् । उनीहरुले बुधबार दैलेखको सदरमुकाममा थाल ठटाएर विरोध जनाएका हुन् ।
यस्तै महिला संगठनले सुर्खेतको वीरेन्द्रनगरमा ¥यालीसहित थाल ठटाउँदै प्रदर्शन गरेका हुन् । महिला संगठनका जिल्ला उपाध्यक्ष भूमी खत्रीको नेतृत्वमा केन्द्रीय सदस्य जनक सिंह ठकुरी, जिल्ला अध्यक्ष कविराम पुरी, प्रदेश सचिव सूर्यबहादुर शाही लगायतको अगुवाईमा प्रदर्शन गरिएको थियो ।
उनीहरुले ‘महँगी नियन्त्रण गर, कालो बजारी र भ्रष्टाचारीमाथि कारबाही गर’ लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए । त्यसैगरी उनीहरुले राप्रपाको २२ बुँदे माग पूरा गर्नुपर्ने माग समेत राखेका छन् । उक्त प्रदर्शन ¥याली मंगलगढी चोक हुँदै वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार