नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वि.सं. २०६४ को संसदीय चुनावमा आफूलाई हराएपछि पछुताउनुपरेको कार्यकर्तालाई स्मरण गराएका छन् । उनले बिहीवार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आउँदो चुनावमा त्यो प्रवृत्ति दोहो¥याउनु बेठिक हुने बताए ।
अध्यक्ष ओलीले संघीय र प्रदेशको चुनावलाई लक्षित गर्दै कार्यकर्तालाई दोहो¥याएर गल्ती गर्ने छुट अब नभएको बताए । उनले ठट्टा गर्दै भने, ‘२०६४ सालको चुनावमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ ?’ तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं. ७ का बासिन्दाले पछुतो मान्नुपरेको स्मरण गराउँदै उनले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गरे ।
उनले पालिका चुनावमा दमक नगरपालिकाले हार्नुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गरेका थिए । अध्यक्ष ओलीले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गरे । उनले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नुपर्ने र दोहो¥याएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिए ।










