सरकारले मंसिर ४ गते संघीय र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै दैलेख नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचन लक्षित रणनीतिका साथ अघि बढेको छ । ११ स्थानीय तह ९० वडा रहेको यहाँ एमाले दैलेखले विभिन्न चुनाव लक्षित कार्यकर्ता प्रशिक्षण कार्यलाई तिव्रता दिएको छ ।
एमालेका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरुले आगामी दुवै तहको निर्वाचन लक्षित आम कार्यकर्तालाई प्रशिक्षणको कामलाई तिव्रता दिएका हुन् । निर्वाचन लक्षित कार्यलाई मजबुदका साथ अघि बढाउन एमाले जिल्ला कमिटी बैठकले विभिन्न नेताहरुलाई जिम्मेवारी बाडफाँट गरेको छ ।
नेकपा एमाले दैलेखको साउन १४ गते बसेको जिल्ला कमिटीको तेस्रो बैठकले दैलेखका दुई वटै प्रतिनिधि सभा निर्वाचनमा विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको एमाले दैलेखका पार्टी कार्यालय सचिव यामनारायण उपाध्यायले बताए ।
उपाध्यायका अनुसार दैलेख क्षेत्र नम्बर १ संघ तर्फको संयोजकमा हरि प्रसाद उपाध्याय, सह–संयोजकमा लिला विसी र सचिवमा यामनारायण उपाध्यायलाई जिम्मेवारी तोकेको हो । क्षेत्र नम्बर २ संघ तर्फ संयोजकमा ओमजंग शाही, सह–संयोजकमा कृष्ण बहादुर थापा र सचिवमा पदम कुमारी विष्टलाई जिम्मेवारी दिइएको हो ।
यस्तै निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) तर्फ संयोजकमा कुलविर विक, सह–संयोजकमा चन्द्रा रेग्मी र सचिवमा सुन्दर कुमार केसीलाई जिम्मेवारी दिइएको छ । प्रदेश निर्वाचन क्षेत्र (ख) अन्र्तगतको संयोजकमा नामाखर शर्मा, सह–संयोजकमा भुवनसरा कटुवाल र सचिवमा सुरत बहादुर रावतलाई जिल्ला कमिटीले जिम्मेवारी तोकेको पार्टी कार्यालय सचिव उपाध्यायले बताए ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत (क) को संयोजकमा शान्ति प्रसाद रिजाल, सहसंयोजकमा रेणु भट्टराई र सचिवमा रामचन्द्र शर्मालाई जिम्मेवारी तोकिएको छ । प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत (ख) को संयोजकमा कर्णबहादुर शाहीले जिम्मेवारी पाएका छन् भने सह–संयोजकमा कलम बहादुर विक र सचिवमा विरबहादुर रावतले जिम्मेवारी पाएका जनाइएको छ ।
यस्तै, एमालेले दैलेखका ११ वटा स्थानीय तहमा पालिका ईन्चार्ज तोकेको छ । महाबु गाउँपालिकामा हरि प्रशाद उपाध्याय, नौमूलेमा नामाखर शर्मा, भगवतीमाईमा शान्ति प्रसाद शर्मा, डुङ्गेश्वरमा राजु केसि र नारायण नगरपालिकामा सुरत बहादुर रावतलाई ईन्चार्जको जिम्मेवारी तोकिएको हो ।
यस्तै, ठाँटिकाँध गाउँपालिकाको इन्चार्जमा प्रेम बहादुर रामजाली, भैरवी गाउँपालिकामा रत्नबहादुर थापा, चामुण्डाविन्द्रासैनी नगरपालिकामा अम्बीका बोहोरा, आठविस नगरपालिकामा रामप्रसाद जैसी, दुल्लू नगरपालिकामा खगेन्द्र थापा र गुराँस गाउँपालिकामा कुलविर विकलाई ईन्चार्जको जिम्मेवारी तोकीएकोे पार्टी कार्यालय सचिव उपाध्यायले बताए ।
एमाले दैलेखको तेस्रो जिल्ला कमिटी बैठकले ११ वटा स्थानीय तहका ९० वडामा वडा ईन्चार्ज समेत तोकेको एमाले दैलेखले जनाएको छ ।










