कर्मचारी माथि दुव्र्यवहार

दैलेखको नौमूले गाउँपालिका–७ का पूर्व वडा अध्यक्ष मोतीलाल बस्नेतले सोही गाउँपालिकामा कार्यरत कर्मचारी माथि दुव्र्यवहार गरेका छन् । पूर्व वडा अध्यक्ष बस्नेतले मादक पदार्थ सेवन गरी कर्मचारी माथि दुव्र्यवहार गरेका हुन् ।
गाउँपालिकामा कार्यरत कर्मचारीहरूले सोमबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीहरू व्यस्त रहेको समयमा पूर्व वडा अध्यक्ष बस्नेतले मादक पदार्थ सेवन गरी प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी अभद्र, दुव्र्यवहार गरेको उल्लेख गरेका छन् ।
कार्यालय समयमा कामकाजमा व्यस्त रहेको बेलामा हुने यस्ता कार्यले कर्मचारीहरूको जिउधनको समेत जोखिम हुनुका साथै कर्मचारीहरूको मनोबल कम्जोर बनाउन क्रियाकलापहरूमा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरिएको छ ।
कर्मचारीहरूले कार्यस्थलमा सहज तरिकाले काम गर्ने वातावरण सिर्जना गरी यस्ता कार्यहरू पुनः दोहोरिन नदिन सम्पूर्ण पक्षहरूसँग जोडदार गरेका छन् । उनीहरूले अनुरोधलाई कम्जोर ठानी यस्ता क्रियाकलाप दोहोरिएमा निस्कने परिणामको जिम्मेवार सम्बन्धित पक्ष हुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार