अधिकार पाउन एकजुट हुनुपर्छः श्रेष्ठ

दैलेख : जनजाति महासंघ कर्णाली प्रदेश महिला उपाध्यक्ष सुर्य कुमारी श्रेष्ठले आफ्नो हक अधिकार पाउनको लागि सबै एकजुट हुनुपर्ने बताइन ।
२८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दैलेखको पाँचौ अधिवेशन उद्घाटन समारोहमा बोल्दै यस्तो बताएकी हुन ।
उनले आफ्नो अधिकार प्राप्तिका लागि आदिवासी जनजातिहरु एक हुनुपर्ने बताइन । ‘जव सम्म आदिवासी जनजातिहरु एकजुट हुन सक्दैन तवसम्म अधिकार पाउँदैनन्, आफ्नो अधिकार प्राप्तिका लागि सबै एकजुट हुनुपर्छ,’ उपाध्यक्ष श्रेष्ठले भनिन् ।
उनले राज्यबाट जनजातिहरुको शिक्षा, स्वास्थ्य लगायतका हक अधिकारहरु खोसिएको श्रेष्ठले बताइन । आदिवासी जनजातितहरुको भेषभुषा, भाषा र कलासंस्कृतिको लोप हुँदै गएकाले यसको जगेर्ना गर्न स्थानीय सरकारले नीति नै बनाएर काम गर्नुपर्ने उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कर्णाली प्रदेशको अध्यक्ष मनसरा थापा मगरले संघीयता आउनु अघि आदिवासी जनजाति लगायत लक्षित वर्गका लागि सरकारले रकम छुट्ट्याउने गरेको भएपनि अहिलेका स्थानीय सरकारले यस तर्फ चासो नदिएको बताइन ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष यज्ञराज थापाले आदिवासी जनजातिहरुको हकहितका लागि बनेका संगठित समितिले आदिवासी जनजातिहरुको हरेक समस्याको समाधन गर्नु, संरक्षण र सम्बद्र्धन गर्नु पहिलो दायित्व भएको बताए ।
उनले आदिवासी जनजातिको बाहुल्यता भएको ठाउँमा आदिवासीनै स्थानीय सरकारको उच्च वदहामा पुग्न नसकेको बताउँदै जनजातिको भाषा, कला र संस्कृतिको जगेर्ना गरिनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने नेपाल आदिवासी जनजातिमहासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष खगेन्द्र पुन मगरको अध्यक्षतामा कार्यक्रा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार