गठबन्धनवालाहरु एक्लै लड्ने आँटै गर्दैनन्ः ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको बताएका छन् । काठमाडौंमा आयोजित लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरु गठबन्धनमा पुगेको बताए ।
‘आफ्नो आफ्नो चुनाव लडेर सरकार बनाउने बेला गठबन्धन गरे भइहाल्थ्यो’, ओलीले भने, ‘त्यसो गर्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन–सठबन्धन बनिरहेको छ ।’ उनले भने, ‘गठबन्धनवालाहरु एक्लै प्रतिष्पर्धा गर्ने आँट गरिरहेका छैनन् ।’ उनले पाँच दलले नपुगेर अझ गठबन्धन विस्तार गर्न लागिरहेको बताए ।
देशलाई विकसित बनाउन र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न एमाले सरकारमा आउनुपर्ने उनको भनाइ छ । ‘ल्होसार आयो, दशैं आयो भनेर खुशी हुँदै नाच्नलाई जस्तो होइन, देशलाई माथि उठाउन एमालेको सरकार आवश्यक छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार