प्रक्रिया पु¥याउन अनुरोध गरेका हौं भ्रम फैलाउने काम भयो

दैलेख : दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नागरिकतामा नाम सच्याउन आएका व्यक्तिलाई कानून अनुसार सुझाव सल्लाह दिएर प्रक्रिया पु¥याएर आउन अनुरोध गरेर पठाएको बताएका छन् । कानुन अनुसार नमिल्ने कुराको जानकारी गराएर थप कागज वनाएर आउनुहोला भनेर सल्लाहअनुसार घर जान्छु भनेर जानुभएको हो । एकाएक अनावश्यक भ्रम फैलाउने काम भयो, राम्रो काम गर्दा पनि व्यक्तिगत दुस्मनी साँधेर संसदमा कुरा पु¥याउनु आपत्तिजनक रहेको जिल्ला प्रशासनले आपत्ति प्रकट गरेको छ ।
सघीय सांसदमा सांसद लक्ष्मी परियारले प्रशासनमा नाम सच्याउन पुगेका नागरिक माथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको भन्दै अभिव्यक्ति दिएपछि प्रमुख जिल्ला अधिकारी प्याकुरेले मंगलबार पत्रकार सम्मेलन गर्दै आम नागरिकको सेवा प्रभावमा बिशेष ध्यान दिदै पछिल्ला दिनहरुमा नाममा देखिएको बिभेदका बिषयमा आफुले नै अग्रसरता लिएर गृह मन्त्रालयको पत्रलाई आधार मानेर जिल्लाभरका नागरिकहरुलाई अपमान हुने नाम भए सच्चाउन सूचना समेत जारि गरेर काम गर्न थालेको बेलामा अनावश्यक रुपमा गलत आरोप लगाएर चर्चा चलाउनु राम्रो नभएको बताएका छन् ।
दैलेखको भगवतिमाई गाउँपालिका–५ बस्ने नागरिकतामा ठगे कामी नाम उल्लेख गरिएका व्यक्तिले आफ्नो नाम ठगे कामीबाट कर्णबहादुर कामी कायम गर्न नागरिकता प्रमाणपत्र संशोधनका लागि प्रशासनमा आउनुभएको, आफुले कर्णबहादुर बनाउँदा नाम थर पूर्ण फरक पर्ने देखिएकाले उहाँको सहमतिमै ठ…अक्षरबाट कुनै अर्को नाम राख्न मात्र भनेको प्रजिअ प्याकुरेलले बताए ।
उनले नेपाल नागरिकता ऐन, २०६३ को दफा १७ ले दिएको कानुनी सुविधा बमोजिम सामान्य प्रकृतिका आधारमा नागरिकता संशोधन गर्न सकिने प्रावधान भएको हुँदा ठगे कामीको सट्टा कर्णबहादुर नाम बनाउन नमिल्ने भएपछि कानुनमा उल्लेख नभएको कुरा गर्न नसकिने र सहजताका लागि ठ… बाटै आउने उपयुक्त नामको सिफारिस ल्याउन आउन आग्रह गरेको बताए ।
ऐनमा उल्लेख नभएको बिषयलाई नबुझेरै संसदमा टिप्पणी गरिए जस्तो जिल्ला प्रशासनबाट कुनै पनि काम नभएको विज्ञिप्तिमा उल्लेख गरिएको छ ।
यता ठगेन्द्रको नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा सहयोगीका रुपामा पुगेका भगवतिमाई गाउँपालिका मेहेलतोलीका जगत रेग्मीले प्रशासनमा कुनै अपमानपूर्ण व्यवहार नभएको बताए । ‘म आफै पनि प्रशासनमा गएको थिए, सिडिओ शाव र नाम सच्याउन आएका व्यक्ति बिच ठ.. बाट आउने कुनै अर्को नाम राख्ने सहमति भएको हो, सहमति पछि उहाँ जानुभयो,’ रेग्मील भने त्यसपछि उहाँ को सँग जानुभयो कसरी अपमान भएको कुरा संसदसम्म पुग्यो म आफै अचम्मित छु ।

कबिरामको नायाँ नागरिकता प्रजिअकै पहलमा सुरु

दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. का कबिराम कामिले आफ्नो नागरिकतामा कुकुर कामी नाम उल्लेख भएकोले आफुलाई अपमान भएको भन्दै दिएको निवेदनकै आधारमा प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले तत्कालै प्रक्रिया थालनी गरेर कानुनअनुसार मिल्ने कबिराम कामीको नाममा नागरिकतामा नाम सच्याउने काम समेत सुरु गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनको नागरिकताको प्रतिलिपिको प्रक्रिया सुरु भईसकेको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।

कानुनले दिन नमिल्ने बिषय सांसदमा फरक तरिकाले हंगामा

प्रतिनिधि सभाका संसादले नागरिकता प्राप्ति सम्बन्धी कानुनमा भएको व्यवस्थाको बारेमा नबुझेरै अपहलेना गरेको भन्ने बिषयलाई हंगामा गराउनु पुर्वाग्राही सोच भएको टिप्पणी गरिएको छ ।
नागरिकता बनाउने व्यक्ति सँगै गएका व्यक्तिले आफ्नो रोहवरमै थप प्रक्रियाका काम गरेर आउनु वडामा सिफारिस बनाउँदा प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर नजानेको बिषय फोनबाटै सहजिकरण गरिदिउँला भन्नु अपमान जनक कसरी होला प्रत्यक्ष दर्शीको भनाई छ ।
ठगे कामिलाई ठ.. बाटै आउने अर्को उपयुक्त नाम बाहेक अर्को नाममा नागरिकता दिन मिल्दैन् । कानुनले नमिल्ने कुरामा न्याय दिन कसैले पनि सक्दैन् । अनावश्यक पुर्वाग्राही सोच राख्नु नराम्रो हो एक स्थानीयको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार