वेलासपुर दरवार उत्खनन्को काम अघि बढाइने

दैलेख : नेपाल एकीकरण अघि वाइसे चौविसे राज्य कालमा दैलेखको वेलासपुरमा रहेको वेलासपुर दरवार उत्खनन्को कामलाई अघि बढाइने भएको छ । पुरातत्व विभागको टोलीले दरवार क्षेत्रको अवलोकन गर्दै उत्खनन्को कामलाई अघि बढाउन सकिने जनाएको हो ।
यहाँको नारायण नगरपालिका–६ मा रहेको दरवार क्षेत्रको अवलोकनका लागि पुरातत्व विभागका विष्णु पाठकको नेतृत्वमा दैलेख आएको टोलीले यहाँको ऐतिहासिक दरवारको उत्खनन् गर्ने जनाएको नारायण नगरपालिका–६ का वडा अध्यक्ष जनक न्यौपानेले बताए ।
उनले तत्कालीन वेलासपुर राज्यमा रहेको दरवार उत्खनन्का लागि प्रारम्भीक अध्ययनमा आएको पाठकको टोलीले पुरातत्व विभागमा स्थानीय सरकारले दरवार उत्खनन्का लागि पत्र पठाए उत्खनन्का लागि विज्ञ टोली यहाँ पठाउँने जनाएको बताए ।
उनले पुरातत्व विभागको टोलीले दैलेखका ११ वटा स्थानीय तहमा रहेको पुराना र ऐतिहासिक स्थलको अवलोकन गर्ने कार्य रहेको बताए । ‘११ स्थानीय तह मध्ये विभागको टोलीले नारायण नगरपालिकामा रहेको वेलासपुर राज्यको तत्कालीन दरवारलाई अवलोकन गर्दै उत्खनन्को काम अघि वढाउन सकिने बताएको हो’, वडा अध्यक्ष न्यौपानेले धमाका दैनिकसँग भने ।
दैलेखमा तत्कालीन वाइसे चौवीसे राज्यकालमा सिज्जा राज्यको शीतकालीन राजधानी दुल्लूमा रहेको दुल्लू दरवार लगायतका पुराना ऐतिहासिक सम्पदा अहिले पनि जीर्णोद्धारसँगै उत्खनन्को प्रखाईमा रहेका छन् । संघीता पछि गाउँमा आएका स्थानीय सरकारले पुराना ऐतिहासिक सम्पदाको संरक्षण गर्ने भन्दै लाखौ वजेट खर्च गर्ने गरेको भए पनि ती सम्पदाको अवस्था भने फेरिन सकेको देखिदैन् ।
यहाँको भूर्तिमा रहेको पञ्चदेवल, दैलेख सदरमुकामको पुरानो वजारमा रहेको कोतगढी लगायतका सम्पदा संरक्षणसँगै जीर्णोद्धारका नाममा ऐतिहासिकता मास्ने काम भैरहेको स्थानीयले बताउँदै आएका छन् ।
यहाँ रहेका पुराना ऐतिहासिक सम्पदाको संरक्षणमा तीनै तहका सरकारबाट आउँने गरेको बजेट राजनीतिक पहुँचका आधारमा विभिन्न राजनितिक दलका नेताहरुले उपभोक्ता समितिमा आफ्ना मान्छे राख्ने र सम्पदा संरक्षणका नाममा वजेट सकाउने वाहेक उपलब्धी देखिदैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार