उम्मेदवारको नाम सिफारिस

दैलेख : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गाउँ केन्द्रित भएका विभिन्न राजनीतिक दलहरूले उम्मेदवार बन्ने चाहने आकांक्षीकोे नाम प्रतिनिधि सभा र प्रदेश उम्मेदवारका लागि सिफास अभियानलाई तीव्रता दिएका छन् ।
गाउँमा निर्वाचन लक्षित कार्यलाई तीव्रता दिएको नेपाली कांग्रेस दैलेख क्षेत्र नं.२ ले प्रदेश र संघीय निर्वाचनका लागि उम्मेदवारको नाम बिहीबार सिफारिस गरेको छ । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर दुई प्रदेश क्षेत्रीय कार्य समिति ‘ख’ का सभापति खगेन्द्र बहादुर शाहीका अनुसार प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस भएको हो ।
नाम सिफारिस हुनेमा कृष्ण प्रसाद जैसी, भूपेन्द्रबहादुर शाही, पृथ्वीबहादुर शाही, लीलाराम उपाध्याय, शेरबहादुर शाही, ईश्वर विष्ट, गणेशबहादुर शाही, सर्पराज शाही, नारायण रेग्मी, वासुदेव शर्मा रहेका छन् ।
प्रदेश तर्फको समानुपातिकमा आठ जनाको नाम सिफारिस भएको जनाइएको छ । उनका अनुसार इन्द्रा कुमारी शाही, दिपा बोहरा (माझी), निशा थापा महिलातर्फबाट सिफारिस भएका छन् । खस आर्यतर्फ खड्क बहादुर शाही, चन्द्र बहादुर शाही, प्रेमप्रकाश शाही, भगवती उपाध्याय सिफारिस हुँदा अपाङ्गतर्फ चक्रबहादुर शाही सिफारिस भएका हुन ।
संघमा प्रत्यक्षतर्फ पाँच जनाको दाबी परेको छ । शिवराज जोशी, दिक्पाल कुमार शाही, मधुविक्रम खनाल, रङबहादुर शाही, योगेन्द्र पन्त छन् भने समानुपातिकमा महिलाबाट सिता कुमारी राना र अपाङ्गबाट नरबहादुर खड्को नाम सिफारिस गरिएको जनाइएको छ ।
यस्तै, एमाले दैलेखले भने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार बन्न चाहने नेताहरूको नाम सिफारिसका लागि भदौ १८ गते विभिन्न कमिटीको बैठक बोलाएको छ । पार्टी एकीकृत समाजवादी दैलेखले भने केही दिन अघि मात्रै प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार बन्न चाहने आकांक्षीका उम्मेदवारको नाम सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार