वडाका सवै बिद्यार्थीलाई एउटै पोशाक

दैलेखः दैलेखको नारायण नगरपालिका वडा नं. २ ले आफ्नो वडामा रहेका तीन वटा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षकहरूलाई एउटै पोसाक वितरण गरेको छ ।
जाहारकोटमा रहेको जनता मावि कोट थाप्लामा पहिलो चरणमा पोसाक वितरण गरेको हो । कक्षा २ देखि माथिका सबै विद्यार्थीहरूलाई पोसाकमा एकरूपता ल्याउन र पढाई लाई थप प्रभावकारी बनाउन यस्तो अभियान थालिएको वडा अध्यक्ष रेसम थापाले जानकारी दिएका छन् ।
वडा कार्यालयले कपडा प्रदान गरेको र अभिभावकहरूले सिलाएको थापाले बताए । विद्यार्थीहरूलाई कोट, पाइन्ट र सर्ट वितरण गरिएको हो । विद्यार्थीलाई थप हौसला प्रदान गर्न यस्तो गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार