दैलेख : जीर्ण शौचालय छ, कतिवेला भत्कने हो पत्तो छैन्, शौच गर्न जानपनि नाक मुख थुन्नु पर्ने अवस्था छ । शौचालय जाँदा पनि जोखिम मोल्नुपर्ने बाध्यतामा बालबालिका रहेका छन् । दैलेख सदरमुकाममा रहेको जनता आधारभूत बिद्यालयमा पढ्ने बालबालिकाहरु अहिले जोखिम मोलेर शौचालय प्रयोग गर्न बाध्यभएका छन् । शौच गर्न गए बिरामी पर्ने चिन्ता हुन्छ तर सौच गर्ने अर्को बिकल्प छैन्, विद्यार्थीले गुनासो गरे ।
सदरमुकामको मुटुमा रहेको विद्यालयको शौचालयको अवस्था यस्तो छ भने अन्य दुर्गमका विद्यालयको अवस्था कस्तो होला विद्यालय पुगेर शौच गर्न गएका एक अभिभावकले गुनासो गरे । १५ वर्षअघि निर्माण गरिएको शौचालय अहिले ३ सय विद्यार्थीहरु जोखिम मोलेर प्रयोग गर्न बाध्य छन् ।
शौचालय निर्माण गरिदिन बिभिन्न निकायहरुमा पहल गरेको भएपनि कसैले सहयोग नगरेको शिक्षकहरुको गुनासो छ । बालशिक्षा देखि कक्षा ८ सम्मका विद्यार्थीहरु अध्ययन गर्ने यो विद्यालयको शौचालय निर्माणमा सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता छ ।











