समय तोकेरै विकासे काम सक्छौंः शर्मा

दैलेख : नारायण नगरपालिका दैलेखले समय सीमा निर्धारण गरेर विकासका कामलाई प्रभावकारी बनाउने भएको छ ।
नगरपालिकाको अर्धवार्षिक समिक्षा बैठकमा यस्तो प्रतिबद्धता गरिएको हो । पौष १७ देखि १९ गते सम्म सञ्चालन भएको अर्ध वार्षिक समिक्षामा बोल्दै नगर प्रमुखलोमन शर्माले तोकिएकै समयमा विकासका कामहरु सम्पन्न गर्ने र सम्पन्न सवै विकास गतिविधिहरुमा सुशासन र पारदर्शीता कायम गर्ने बताएका छन् ।
हाल सम्मपालिकाले २१.६७ प्रतिशत बजेट कार्यन्वयन गरेको नगरपालिकाले जानकारी दिएको छ । कामको लागि अधिकाँस योजनाको उपभोक्ता समिति गठत तथा योजनाको ठेक्काप्रक्रिया सुरु भएको र आगामी तीन महिना भित्र कार्यक्रमको कार्यन्वयनको अवस्था ७५ प्रतिशतमा पुराई जेष्ठ मसान्तमा सबै योजनाहरु सम्पन्न गर्न पालिकाको क्यालेन्डर अनुुुसार कामगर्ने तयारी भएको नगर प्रमुख शर्माले बताए ।
विकासका कामहरुमा प्रभावकारी कार्यान्वयनका लागि सबै जनप्रतिनिधी र कर्मचारीहरुलाई एकसाथ परिचालन हुन उप प्रमुख तप्ताकुमारी थापाले निर्देशन दिएका छन् ।
पालिकाको कार्य सम्पान गर्दा सबै जनप्रतिनिधी र कर्मचारीहरुलाई शासकको जस्तो व्यवहार नभई सेवकको रुपमा काम गर्न सबैलाई अनुरोध गर्दै समिक्षा बैठक सम्पन्न भएको वडा नं. ६ का वडा अध्यक्ष जनक न्यौपानेले जानकारी दिएका छन् । समिक्षा कार्यक्रममा ११ वटा वडाका वडा अध्यक्ष, वडासचिव, नगरपालिकाका विषयगत शाखाका प्रमुखहरुले नगरपालिकाको सबै क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्दै तीन दिनसम्म छलफल गरेका छन् । नगरले सेवाप्रवाह, योजनाको गुणस्तर, पालिकालाई सुशासन मैत्री पालिका निर्माण र नागरिकका सुनासो सुनुवाई लगायतका विषयमा छलफल गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार