दैलेख: जनता आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । भेलाले अध्यक्ष गणेशबहादुर बि.सी बुढा सहित नयाँ कार्यसमिति चयन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको सदस्यहरु दिपबहादुर श्रेष्ठ, वविता केसी, प्रमिला के.सी, प्रेमकुमारी बुढा, माया बुढा रहेका छन् ।
विद्यालयको शैक्षिक सुधार लगायतका कामहरुलाई थप प्रभावकारी बनाउँदै लैजाने अध्यक्ष बि.सी.ले जानकारी दिएका छन् ।
शिक्षक प्रतिनिधि कृष्ण श्रेष्ठ, सदस्य सचिवमा प्राधानाध्यापक मेनका गौतम चयन भएका छन् । वडा नं. १ का वडा अध्यक्ष शैलेश श्रेष्ठ लगायतको उपस्थितीमा अभिभावक भेला सम्पन्न भएको छ । शिक्षक अभिभावक संघको अध्यक्षमा चन्द्रा खड्का चुनिएका छन् ।











