भैरवीले किन्यो पुनको १ सय थान आत्मकथा

दैलेख : दैलेखको भैरवी गाउँपालिका महावीर पुनको सम्झना, सपना र अविरल यात्रा आत्मकथा एक सय थान खरिद गरेको छ । बीरगंजको कृषि औजार कारखाना मर्मतसँग सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन आफ्नो आत्मकथा बिक्री गर्न आएका बेला गाउँपालिकाले उनबाट एक सय थान खरिद गरेको हो ।

पुनको आत्मकथामा युवाहरूलाई उत्प्रेरणा जगाउने खालको भएकाले राष्ट्र निर्माणको अभियानमा साथ दिन गाउँपालिकाले एक सय थान खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले बताए । राष्ट्र निर्माणका लागि थालिएको अभियानमा सबैले साथ दिनुपर्ने थापाको भनाई छ ।

पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग होस् भन्दै खरिद गरिएका आत्मकथाहरू गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत थापाले जनाए । विद्यार्थीले पुनकाने आत्मकथाबाट धेरै कुरा सिक्न सक्ने उनको भनाई छ ।

पुनले बीरगंजको कृषि औजार कारखाना मर्मतसँगै सञ्चालनका लागि आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न देश दौडाहामा निस्केका बेला केहिदिन अघि यहाँको भैरवी गाउँपालिका समेत पुगेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार