निःशुल्क ग्रेड वृद्धि कक्षा

दैलेखः जिल्लाको भैरवी गाउँपालिकाले (एसइई) ग्रेड वृद्धि परीक्षाका लागि निःशुल्क कक्षा सञ्चालन सञ्चालन गर्ने भएको छ । (एसइई) ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीका लागि गाउँपालिकाले निःशुल्क कक्षा सञ्चालनको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले बताए ।

विद्यार्थीको पढाइलाई मध्यनजर गरी गरी यही असार २१ गतेदेखि साउन २१ गतेसम्म गाउँपालिका–५ मा रहेको हिमालय उच्च माध्यमिक विद्यालय र गाउँपालिका–६ मा रहेका आदर्श उच्च माध्यमिक विद्यालयमा अनिवार्य ५ विषयको निःशुल्क कक्षा सञ्चालन गरिने जनाइएको छ । निःशुल्क (एसइई) ग्रेड वृद्धि कक्षामा गाउँपालिका भरका विद्यार्थीहरूले सहभागिता जनाउन पाउने गाउँपालिकाले जनाएको छ । निःशुल्क कक्षा सञ्चालनले विद्यार्थीलाई राहत हुने प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार