बजेट खर्च गर्न नसक्नेले पदमा किन बसिरहने ?

पछिल्ला दिनहरूमा सरकारमा रहेका दलहरूले ल्याएका प्रभावकारी नीति तथा कार्यक्रम र सोही अनुसारको बजेटको खर्चको अवस्थाभने बस्ति स्तरसम्म पुग्दा निकै कमजोर बनेको छ । सत्तामा रहेका दलहरूले ल्याएका बजेट मध्ये कतिपय बजेटहरू कार्यकर्ताको लालन पालनका लागि हुन्छ स्वाभाविक हो । कतिपय बजेटहरू देशको अर्थतन्त्रलाई नै सुधार गर्ने गरी ल्याएको अवस्थापनिउत्तिकै छ त्यस्ता बजेटहरूको प्रभावकारी कार्यान्वयनमा भने तीन तहका सरकारमा बस्ने कर्मचारीहरूका प्रमुखहरू किन चुकेका छन् । पछिल्ला दिनहरूमा बजेट खर्चको विषय निकै निराशा जनक देखिएको छ ।

केन्द्र सरकारदेखि प्रदेश सरकारको बजेट खर्चको अवस्था पनि जसरी चिन्ताजनक रूपमा विश्लेषण गर्न थालिएको छ, यसको निराकरणको उपाय के होला त ? अहिले पनिगम्भीर प्रश्नको रूपमा उब्जिएको छ । कतिपय अवस्थामा आफन्तहरूलाई पालन पोषण गर्नै बजेटहरू नआएका पनि होईनन तर कतिपय विशेष योजना र आयोजनाका बजेटहरूको बारेमा भने सरकारमा बसेकाहरूले पनि तदारुकता देखाएका छैनन् भने कार्यान्वयन गर्नेहरूले पनि तदारुकता देखाउन सकेको अवस्था छैन ।

बजेट खर्चको विषयलाई बिषयान्तर गर्ने प्रयासहरू पनि नभएका होइनन् सरकारले विनियोजन गरेको बजेटको प्रभावकारी कार्यान्वयन गर्नका लागि केन्द्रमा मुख्य सचिव र प्रदेशमा सचिवहरूको पनि उत्तिकै कमजोरी रहेको अवस्था छ ।

कार्यान्वयनको जिम्मेवारी लिएका प्रशासन प्रमुखहरूले पनि कसरी बजेट कार्यान्वयनको अवस्थालाई विश्लेषण गरेका छन् भन्ने विषयको गहिरो रूपमाखोजी, अध्ययन र अनुसन्धानहुनुपर्ने आवश्यकता देखिएको छ । बजेटलाई जनताको लागिहो, देशको आर्थिक अवस्था सुधारका लागि हो, युवाहरूलाई नेपालमै रोजगारी स्थापना गर्नका लागि हो भनेर कर्मचारीहरूले जसरी बुझ्नुपर्ने हो सोही अनुसारको बुझाई नहुनु र विनियोजनलाई प्रभावकारी रूपमा कार्यान्वयनको अवस्थामा ल्याउन नसक्नु पनि कर्मचारीहरूकै गैर जिम्मेवारी पन हो भनेर पनि विभिन्न असन्तुष्टिहरू चुलिँदै गएको अवस्था छ ।

राज्य चलाउनेहरूले गर्नुपर्ने काम त गरेनन् गरेनन् तर स्थायी रूपमा सरकारमा रहेकाहरूले पनि देश निर्माणको अभियानमा साथ दिन नसक्नु विडम्बनाको कुरा हो । दोष दुवैको बरावर छ तर जसरी बस्तिस्तरमा बजेटहरू पुगेका हुन्छन् ती बजेटहरूको प्रभावकारी कार्यान्वयनका लागि पनिआम सचेत नागरिकहरूले पनि बारम्बार खबरदारी अभियान चलाउनुपर्ने आवश्यकता देखिएको छ ।

निर्माण कम्पनीहरूले बर्षौंसम्म अलपत्र पारेका निर्माणका कामहरूलाई जसरी सरकारले केही न केही प्रलोभनमा म्याद थप गरेर जनताको विकासको चाहना पुरा गर्न अवरोध गरिरहेको छ त्यस्ता व्यक्ति वा संस्थाहरूलाई बारम्बार खबरदारी गरेर कामको प्रभावकारी कार्यान्वयनगर्नु पनिअहिलेको आवश्यकताहो । जनताका लागि आएको बजेट कार्यान्वयन गर्न नसक्ने आफन्तवादको वरिपरि मात्र रुमलिनेहरू अव न सत्तामा बसेको सुहाउँछ न त कर्मचारी भएर बसेको सुहाउँछ जनताको पक्षमा काम गर्ने प्रर्ण गर्न नसक्नेहरू पदमा बसिरहनु राम्रो देखिँदैन ।

विषय जे जस्तो पनिहुन सक्छ तर जनताको जनजीविकाको सवाल, आर्थिक उन्नतिको सवाल लगायत दिगो विकास र सुशासनको सवाल अव आमनागरिकहरूले आफ्नो सवालको रूपमा ग्रहण गर्दै देखिएका कमि कमजोरीहरुलाई हटाउनका लागि सबै तह र तप्काबाट प्रभावकारी कामको थालनीगर्ने सामूहिक प्रर्ण हुनु जरुरी छ ।

जसरी नेपालका पुराना राजनीतिकदलहरूले केहीपनिगर्न सकेनन् भनेर गलतभाष्य स्थापित हुन खोजिरहेको छ यसको सबैभन्दा बढी जिम्मेवारी स्थायी सरकारका रूपमाकर्मचारीहरूले अपनत्व ग्रहण गरेर सुशासन कायम गर्दै प्रभावकारी कामको थालनीगर्नु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार