नेपाल सरकारका विभिन्न राम्रा कार्यक्रमहरू मध्येको एउटा महत्वपूर्ण कार्यक्रम हो अनुदान । अनुदान जसले प्राप्त गरेको छ उसले वार्षिक रूपमा कति आम्दानी ग¥यो र त्यो आम्दानीको स्रोत दिगो रूपमा सफलहुन सक्यो कि सकेन भनेर यसको अध्ययन र खोजीगर्नुपर्ने आवश्यकता देखिएको छ ।
जो किसानवायुवावाअर्को कुनै निकायजसले केही गर्छु भन्ने साहस बोकेर अनुदानको पर्खाइमाथियो । त्यस्ताव्यक्ति, सङ्घ, संस्थावा समूहहरुले पाएको अनुदान दशौं वर्षसम्म पनि प्रभावकारी देखिएको छ । किनकी, केही गर्नुपर्छ भन्ने भित्री भावना भएकाहरूले प्राप्त गरेका अनुदानहरूले राम्रो नतिजा पनि हातमा पारेका छन् ।
अनुदानको विषय अहिले मात्र हैन धेरै वर्ष अघिदेखि चलिरहेको अवस्थामा छ । एकताका युवाहरूलाई रोजगार प्रदान गर्ने भनेर अनुदानको बाढी नै बग्यो । अनि अर्को अनुदानको कुरा विश्लेषण गर्ने हो भने गरिवी निवारणका लागि टोल–टोलमा समूहहरू निर्माण गरिए । निर्माण गरिएका समूहहरूमा धमाधम अनुदान रकम पनि वितरण गरियो ।अर्को अनुदानको कुरा तर्फ हेर्ने हो भने सहकारीमा एकताका अनुदानको निकै चर्चा परिचर्चा पनिभयो । अहिले यी सबै अनुदानहरूको खोजी र प्रभावकारी कार्यान्वयनको खोजीगर्ने हो भने धेरै नेतादेखि कार्यकर्ताहरू मुछिएका छन् । सहकारीमा देखिएको बदमासीको विषय त अहिले सतहमै आइसकेको अवस्था छ ।
अनुदान राज्यले कसरी दिने ?किनदिने ? कसका लागि दिने भन्ने स्पष्ट मार्गदर्शन भन्दा कुन दलका कुन कार्यकर्तालाई प्रदान गर्ने भनेर सरकारमा बसेकाहरूले दलगत स्वार्थमा डुबुल्की मारेकै कारण विभिन्न अनुदानहरूमा ठुलो समस्या देखिएको छ ।
अनुदान दिएर मात्रहुँदैन दिएको अनुदानको प्रभावकारी कार्यान्वयन भयो कि भएन भन्ने विषयको खोजी गर्ने बलियो संयन्त्र हुन नसकेका कारण अनुदानको नाममा लुटतन्त्र सुरु भएको हो । पछिल्ला दिनहरूमा सरकारले अनुदानलाई फरक तरिकाबाट प्रभावगर्न थालेको छ । यसो गरेपछि वास्तविककिसानसम्मअनुदानपुग्न सफलभएको देखिन्छ तर त्यस्ताअनुदानकाकार्यक्रमहरू अझैँ प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।
पछिल्ला दिनहरूमा उत्पादनमा आधारित अनुदानको विषय जसरी सुरु गरिएको छ यसले कोही कसैले अनुदानको नाममा मर्कामा पर्नुपर्ने देखिदैन । जुन किसानले मेहनत गरेर उत्पादन गर्छ र सोको बजारीकणको विवरण प्रभावकारी रूपमा राखेको छ भने त्यस्ता किसान, व्यक्ति, संस्थावा सहकारीलाई अनुदानदिनु निकै राम्रो कार्य हो । यस्तो कार्यलाई थप प्रभावकारी बनाउँदै पहुँचमा अनुदान हैन उत्पादनत्यो पनि वास्तविक तथ्य र तथ्यांकका आधारमा अनुदान दिने बलियो संयन्त्र निर्माण गरेर काम सुरु गर्नु अहिलेको आवश्यकता हो ।





