विद्यालय बाहिर रहेका किशोरीलाई पनि ‘एचपिभी’ खोप

दैलेख : अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ ले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको अधिकार व्यवस्था गरेको छ । सोही ऐनमा शिक्षा प्राप्त गर्न कसैलाई कुनै पनि आधारमा भेदभाव नगरिने उल्लेख छ । प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्व सरकारको हो । प्रत्येक स्थानीयतह मार्फत राज्यले चार वर्ष पूरा भई तेह्र वर्ष उमेर पूरा नभएकोे प्रत्येक बालबालिकालाई आधारभूत तहसम्मको अनिवार्य शिक्षा प्रदान गर्नुपर्ने व्यवस्था ऐनमै गरेको छ । तर, दैलेखमा दश वर्षदेखि चौध वर्ष उमेर समूहका आठ सय बढी किशोरीहरु शिक्षा प्राप्त गर्ने अधिकारबाटै बञ्चित रहेको पाइएको छ । उनीहरु विद्यालयको पहुँच भन्दा बाहिर छन् ।

शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त इकाई प्रमुख रतनबहादुर विष्ट भन्छन्, ‘राज्यको नीतिअनुसार कोही पनि बालबालिका, किशोर किशोरीहरु विद्यालय बाहिर नहुनुपर्ने हो ।’ शिक्षामा सबैको पहुँच वृद्धिका लागि पालिकास्तरमा रहेका विद्यालयहरूले शैक्षिक सत्र सुरु हुँदा घरदैलो अभियान सञ्चालनगर्दै आएकापनि छन् । तर, आर्थिक अवस्था कमजोर र अभिभावक विहीन केही किशोरीहरू विद्यालय बाहिर रहन सक्ने विष्ट बताउँछन् । उनी भन्छन्, ‘दैलेख जिल्लामा यति ठुलो संख्यामा किशोरीहरु विद्यालय बाहिर नहुनुपर्ने हो ।’


पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमनप्यापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सञ्चालनका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखले संकलन गरेको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांक अनुसार दैलेखमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका आठ सय ५४ जना किशोरीहरु विद्यालय बाहिर छन् । खोप अभियान सञ्चालन गर्नका लागि पालिकास्तरबाट विद्यालय बाहिर रहेका किशोरीको तथ्यांक संकलन गरिएको स्वास्थ्य सेवाकार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए । विद्यालय बाहिर रहेकालाई समेत पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने उद्देश्यले यहाँका सबै स्थानीय तहबाट विद्यालय बाहिर रहेका किशोरीको तथ्यांक संकलन गरिएको थियो ।

संकलित तथ्यांकमा आठबीस नगरपालिकामा विद्यालय बाहिर रहेका किशोरीको संख्या दुई सय १२ जना रहेको छ । जसमा १० वर्ष उमेर समूहका ९१ जना र ११ देखि १४ वर्ष उमेरका एक सय २१ जना रहेका छन् । भगवतीमाई गाउँपालिकामा विद्याल यबाहिर रहेका १० वर्ष उमेर समूहका १७ जना र ११ देखि १४ वर्षका २१ जना रहेका छन् । भैरवी गाउँपालिकामा विद्यालय बाहिर रहेका किशोरीको संख्या एक सय १५ रहेको छ । जसमा १० वर्ष उमेर समूहका ५२ जना र ११ देखि १४ वर्ष उमेरका ६३ जना रहेका हुन् । चामुण्डा विन्द्रासैनी नगरपालिकामा विद्यालय बाहिर रहेका किशोरीको संख्या एक सय २३ रहेको पाइएको छ । १० वर्षउमेर समूहका ४६ जना र ११ देखि १४ वर्षका ७७ जना रहेका छन् ।

यस्तै दुल्लु नगरपालिकामा विद्यालय बाहिर रहेका किशोरीको संख्या एक सय ३ जना रहेको छ । जसमा १० वर्ष उमेर समूहका ३६ जना र ११ वर्षदेखि १४ वर्ष उमेर समूहका ६७ जना रहेका हुन् । डुङ्गेश्वर गाउँपालिकामा विद्यालय बाहिर रहेका किशोरीको संख्या २५ रहेको पाइएको छ । जसमा १० वर्ष उमेर समूहका तीन जना र ११ देखि १४ वर्ष उमेर समूहका २२ जना छन् । गुराँस गाउँपालिकामा विद्यालय बाहिर रहेका किशोरी ४० जना छन् । उनीहरू ११देखि १४ वर्ष उमेर समूहका हुन् ।

महाबु गाउँपालिकामा विद्यालय बाहिर रहेका किशोरीको संख्याशून्य रहेको छ । नारायण नगरपालिकामा विद्यालय बाहिर रहने किशोरीको संख्या ६४ जना रहेको छ । जसमा १० वर्षउमेर समूहका १२ जना र ११ देखि १४ वर्ष उमेर समूहका ५२ जना छन् । नौमूले गाउँपालिकामा विद्यालय बाहिर रहेका किशोरीको संख्या ६ जनामात्र रहेको छ । जसमा११ देखि १४ वर्ष उमेर समूहका रहेका हुन् । ठाँटिकाँध गाउँपालिकामा विद्यालय बाहिर रहेका किशोरीको संख्या एक सय २८ छ । जसमा दश वर्ष उमेर समूहका ३२ जना र एघार वर्षदेखि १४ वर्ष उमेर समूहका ९६ जना रहेका छन् ।

सोह्र हजार बढीलाई एचपीभीविरुद्धको खोप दिइँदै

दैलेखमा १६ हजार बढी किशोरीलाई एचपीभी विरुद्धको खोप लगाइने भएको छ । यहीँ माघ २५ गतेदेखि सञ्चालन हुने खोप अभियानमा १० वर्ष देखि १४ वर्षसम्मका १६ हजार ६ सय ९७ जना किशोरीलाई पाठे घरको मुखको क्यान्सर विरुद्धको खोप पाउने भएकाहुन् । अभियान अन्तर्गत विद्यालय बाहिर रहेका आठ सय ५४ जना किशोरीलाई समेत खोप दिइने जनाइएको हो ।

खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका आठ सय ५४ जना किशोरीलाई पाठे घरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने स्वास्थ्य सेवाकार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए । उनका अनुसार यहीँ माघ २५ गते देखि ३० गतेसम्म यहाँका ११ वटै स्थानीय तहमा सञ्चालन हुने खोप अभियानका लागि दुई सय ४० केन्द्र रहेका छन् ।

आठबीस नगरपालिकाका दुई हजार ५२, भगवतीमाई गाउँपालिकाका एक हजार ९, भैरवी गाउँपालिकाका एक हजार दुई सय १९, चामुण्डाविन्द्रासैनी नगरपालिकाका एक हजार ८ सय ६९, दुल्लु नगरपालिकाका तीन हजार १ सय ५५, डुंगेश्वर गाउँपालिकाका आठ सय २५, गुराँस गाउँपालिकाका एक हजार ३ सय २०, महाबु गाउँपालिकाका एक हजार १०, नारायण नगरपालिकाका एक हजार ४ सय ९७, नौमूले गाउँपालिकाका एक हजार १ सय ६७ र ठाँटिकाँधका एक हजार २ सय ४ जना गरी १६ हजार २ सय ९७ किशोरीहरूलाई पाठे घरको मुखको क्यान्सर विरुद्धको खोप दिइने छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालन गरी खोप अभियानलाई प्रभावकारी बनाउन सबैको सहयोग रहनुपर्ने खोप अधिकृत रेग्मीको भनाई छ । उनले विगतका वर्षहरूदेखि स्वास्थ्य सेवाकार्यालय दैलेखले खोजेर खोप लगाउने अभियान सञ्चालन गर्दै आएकाले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानमा कोही नछुटुन् भन्ने उद्देश्यले कामगरिरहेको बताए । खोप अभियानलाई प्रभावकारी बनाउन सबैको पहल रहनुपर्ने खोप समिति दैलेखका अध्यक्ष तथा जिल्ला समन्वय समिति दैलेखका समन्वय प्रमुख नमराज शाहीले बताए ।

एचपीभी भनेको के हो ?
यो एक प्रकारको भाइरस हो ।यसलाई ह्युमनप्यापिलोमा भाइरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो । एचपीभीका २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यसमध्ये पनि १६ हजार २ सय १८ प्रजाति प्रमुख कारक हुन् ।नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ ।

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी सुरक्षित बन्ने ?
एचपीभी संक्रमण र पाठेघरको मुखको क्यान्सर हुने सम्भावनाबाट निम्नदुई तरिकाले सक्षितहुन सकिन्छ । एचपीभी खोप लगाउँदा एचपीभी संक्रमणबाट हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँछ । यो खोपकक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालयनजाने १० देखि १४ वर्ष उमेरसम्मका किशोरीहरूले लगाउनुपर्छ । साथै, पाठेघरको मुखको क्यान्सरको जाँच गराउने पाठेघरको मुखको क्यान्सरको पहिचान सुरुकै अवस्थामा भयो भने उपचार गरेर निको हुन सक्छ ।

पाठेघरको मुखको क्यान्सर कस्तो किसिमको रोग हो ?
महिलाको पाठेघरको मुखमाहुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । यो रोगलाई कार्भिकलक्यान्सर पनि भनिन्छ । यो क्यान्सर मुख्य गरेर एचपीभीभाइरसको संक्रमणबाट हुन्छ । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन ४ जना महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान छ । नेपालमा महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ भने क्यान्सरबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण देखिएको छ । पाठेघरको मुखको क्यान्सर खोपबाट रोकथाम गर्न सकिने रोग हो र सुरुको अवस्थामा यो रोगको पहिचान भयो भने उपचार गरेर निको हुन सक्छ ।

पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी कसरी सर्छ ?
एचपीभी यौन सम्पर्कबाट फैलने संक्रमण हो । सबै यौनजन्य क्रियाकलापमा सक्रिय व्यक्तिहरू कुनै न कुनै समयमा यो भाइरसबाट संक्रमित हुन्छन् तर अधिकांशमा कुनै पनि लक्षण देखिँदैन । उच्चजोखिम भएका एचपीभीसँगको निरन्तर संक्रमणले असामान्य कोशिकाहरूको विकास गराउन सक्छ जुन पछि क्यान्सर बन्न सक्छ ।

पाठेघरको मुखको क्यान्सरभएमा के–कस्ता लक्षण र चिन्हहरू देखिन्छन् ?
एचपीभी संक्रमण पटक–पटक भएर २० वर्षसम्म संक्रमण रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ । तर, एचपीभी संक्रमणको सुरुको अवस्थामाकुनै लक्षण चिन्हहरू देखिँदैनन् । पाठेघरको मुखको क्यान्सर भएमायौन सम्पर्क पछि रगतआउने, तल्लो पेट दुख्ने योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगतबग्ने, धेरै रगतबग्ने, रक्त अल्पता हुने, कमजोर महसुशहुने जस्ता लक्षण चिन्हहरू देखिन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार