नीतिमा समावेश हुनेगरी गरिने खबरदारी भित्रको खेल

देशको आर्थिक, सामाजिक, राजनीतिक लगायतका समसामयिक विषयहरूलाई समेटेर हरेक वर्ष सिस्नो पानी समूहले निकै बृहत् कार्यक्रमको आयोजनागर्ने गर्दछ । वार्षिक अनिवार्य कार्यक्रमकै रूपमा यस्तो कार्यक्रमलाई राखिएको छ । तत्कालीन समयमाजति वेला राजामहाराजाहरूलाई केही भन्न पाइँदैनथ्यो त्यस्तो बेलामा तिहारको समयमा खेलिने भोस्सी खेलमा व्यङ्ग्यात्मक रूपमा सुझाव सहितको खबरदारी गर्ने प्रचलन थियो । कतिपयगीतमार्फत, कतिपय कविता मार्फत कतिपय लेख रचना मार्फत प्रदानगरिने सुझावहरूको विषयहरू अहिले एकाएक परिवर्तन भएका छन् । सुझावहरू प्रदान गर्ने विभिन्नमञ्चहरू तयार भएका छन् । कतिपय सकारात्मक विषयहरूको उठान हुने गरेको देखिन्छ त कतिपय विषयहरू अनावश्यक रूपमा उठान हुने र अनावश्यक चर्चा बटुल्ने खालका कामहरू पनि भएका छन् । सरकार चलाउनेहरूलाई जसरी जुनतरिकाले सुझावहरू प्रदान गरिएको हुन्छ ती सुझावहरू उक्त समयका लागि मात्रै भए कि, राज्यले अनिवार्य गर्नुपर्ने कामहरूको विषय भित्र नीतिगत तहसम्म समेट्ने कामभयो त्यो विषयपनि महत्वपूर्ण विषय बन्दै गएका छन् ।

कतिपय यस्ता गम्भीर विषयहरू पनिबाहिर आएका छन् कि,विकसित देशहरूले अघोषित रूपमा प्रदान गरिएका रकमहरूका कारण शासन सत्ता चलाउनेहरूले घुमाउरो पारामा देशको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्र र राष्ट्रियताको सवालहरूमा समेत गम्भीर समस्याहुने खालका विषयहरू नीतिमा उल्लेख गरिएको र जसका कारण देश समस्यामा पर्दै जान थालेको जस्ता विषयहरू अहिले सतहमा आएका छन् ।

सङ्घीयतामा मुलुक पुगिसकेपछि विभिन्न प्रदेशहरू र पालिकाहरू सम्म पनि यस्ता विभिन्नखाले बहस र पैरवीहरू हुने गरेका छन् । कतिपय बहसहरूले नीति निर्माताहरू मात्र हैन नीतिनिर्माण पश्चात् कार्यान्वयनको चरणसम्म पुग्ने विषयहरूको समेत पैरवीगरिरहेको देखिन्छ ।कतिपय बाहिरबाट आएको बजेट सक्नका लागि मात्रै कामहरू भएको देखिन्छ । विभिन्नदातृ निकायहरूले कसरी गोप्यलगानी नेपाल लगायतकाअल्पविकसित मुलुकहरूमा गरिरहेका छन् भन्ने विषय अमेरिकाका राष्ट्रपतिले पछिल्लो पटक सुनाएको तत्थ्य धेरैका लागि सोचनीय विषय बनेको छ ।

अदृश्य लगानीहरू जसले अल्पविकसित मुलुकहरूको नीतिगत तहसम्म प्रभाव पार्ने रहेछ । यस्ता गम्भीर गल्तीहरूले मुलुकको राष्ट्रियता माथि नै प्रश्नचिन्ह खडा गरिरहेको त छैन ? गम्भीर समीक्षा गर्नुपर्ने विषयहरू पनि बाहिर आउन थालेका छन् । सत्ताका लागि जे–जस्तो कुरालाई पनि स्वीकार गरिदिने र नीतिमा समावेश गरेर आफ्नो देशको मौलिकता माथि नै प्रश्नउब्जिने खालका कामहरू जुन–जुन विधाबाट भएका छन् तीकामहरू पक्कै पनि हरेक देशका नागरिकहरूका लागि राम्रो नभएको तथ्य एका एक बाहिर आएपछि अहिले विगत देखिनै शासन सत्ता चलाइरहेका अल्पविकसित मुलुककाशासकहरूमा थिप्रश्न चिन्ह खडा गर्ने स्थान फेला परेको देखिन्छ ।

विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नाममा मासिक लाखौँ तलबखाने व्यक्तिहरूको भित्री काम के रहेछ भनेर अब खोज्नुपर्ने बेलाआएको छ । परिवर्तन कसका लागि र के का लागि भयो । त्यो विषय पनि समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको छ । जनताले प्रदान गरेका सुझावहरू नीतिबन्न नसक्ने तर डलरको खेतीमा गरिएका बहसहरूमा नीति निर्माण हुने प्रचलन अब बन्दगर्नुपर्ने हो कि ? विषय गम्भीर छ, सोचनीय छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार