गाउँमै मेहनत गर्नेहरूबाट अरूलाई सिकाऔँ

अल्पविकसित देशकाविभिन्न समस्याहरू मध्ये सबै भन्दा ठुलो समस्या भनेको नै बेरोजगारी समस्या हो । नेपाल जस्ता अल्पविकसितमुलुकहरूमामात्र हैन विकसितमुलुकहरूमापनि बेरोजगारी समस्याहरू रहेका छन् तर सम्पन्न मुलुकहरूमा धेरै कल कारखाना, उद्योगहरू सञ्चालनहुने भएकाले आफ्नो देशमा सक्नेले आफ्नो देशमानसक्ने विदेशमागएर पनिकामगरिरहेको पाइन्छ ।

कामको खोजीमा विदेश जाने प्रचलन नेपालमा मात्र हैन सम्पन्नहुँदै गएको मुलुक भारतका धेरै जसो युवाहरू पनि कामको खोजीमा अन्य ठुला देशहरूमा गएको देखिन्छ । अन्य मुलुकहरूबाट आफ्नो देश भन्दा बाहिर जाँदा विभिन्न प्रक्रियाहरू र भोलिका दिनहरूमा ती नागरिकहरूलाई समस्या पर्दा राज्यले प्रदानगर्ने दायित्वका विषयहरू स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ ।

नेपालमा भने बाहिर देश जानेहरूको सूचीपनि धेरै देखिन्छ भने सरकारको कानुनी प्रक्रिया भन्दा विभिन्न गैरकानुनी प्रक्रियाबाट विदेश जानेहरूको संख्या पनि बढिरहेको छ । कानुनीप्रक्रिया पूरा नगरेर विदेशमा जाँदा विदेशमा हुने विभिन्न खाले समस्यामा नेपालीहरूले दुःखपाएको अवस्थाअहिले पनिउत्तिकै समस्याको रूपमा रहेको छ ।

कतिपय युवाहरू विदेश गएर पुनःआफ्नै गाउँघरमा मेहेनत गर्ने भन्दै रोजगारीका साना ठुला कामहरू गरिरहेका छन् । त्यसरी स्थानीय स्तरमै रोजगारीमा हौसिएका युवाहरूलाई भने तीन तहका सरकारले प्रदान गर्नुपर्ने सुझाव, सल्लाह, विभिन्न प्रविधिको ज्ञान लगायतका अन्य सुविधाहरू प्रदान गरेर अझै व्यवसाय प्रवद्र्धनका कामहरूका लागि सहयोग गर्नुपर्ने देखिन्छ ।

गाउँमा एकदमै प्रभावकारी रूपमाइलम गरेर मनग्य आम्दानी लिन सफल भएका युवाहरूलाई खोजी गरेर उनीहरूले गरेको प्रभावकारी कामको अझै अन्य टोल र बस्तीमा प्रचार प्रसारका लागिउनीहरूलाई स्रोत व्यक्तिका रूपमा पालिकामा परिचालन गर्ने गरी स्थानीय सरकारले नयाँ कार्यक्रमहरूको सुरुवात गर्नुपर्ने आवश्यकता देखिन्छ ।

एउटा पालिकामा स्वरोजगारी बन्दै गरेका, व्यावसायिक रूपमाकाम सुरु गरिसकेका र ठुलो मात्रामाकुनै उद्योग धन्दा वा पशुपालनमा लाग्न चाहेका युवायुवतीहरूको कलस्टर निर्माण गरेर उनीहरूका लागि थप आवश्यक रकम प्रदेश र सङ्घ सरकारले प्रभावकारी रूपमाविनियोजन गर्ने ठोस नीति निर्माण गर्नुपर्ने देखिन्छ । व्यावसायिक रूपमा अगाडि बढेकाहरूलाई स्रोत व्यक्तिको रूपमा परिचालन गरेर थपयुवाहरूलाई कृषि, पशुपालन वा अन्यउद्यमका क्षेत्रमा अग्रसर गराउन थप प्रोत्साहन गर्नुपर्दछ । यतिमात्र हैन उनीहरूलाई आवश्यक पर्ने ऋण, बिऊ, मल लगायतका अन्य कामहरूको पनि प्याकेजमै सहमति गरेर रिजल्ट निस्किने गरी पाँचदेखि दशवर्षको रणनीतिक योजनानिर्माण गरेर काम सुरु गर्नुपर्दछ । यस्तो भयो भनेगाउँका धेरै युवाहरूलाई परिश्रमी बनाउन सकिन्छ भने उद्यमीहरूको ठुलो समूहनिर्माण गरेर सामूहिक उत्पादन अभियानको पनि सुरुवात गर्न सकिन्छ ।

अब तीनतहका सरकारले सडक सञ्जालले छोएका बस्तीहरूमा उत्पादन अभियानको प्रभावकारी कार्यान्वयन गर्नका लागि एक वा दुई भन्दा बढी पालिकामिलेर हुन्छ कि पालिका एक्लैले अभियान सुरु गरेर हुन्छ यो कामको शुरुवात गर्नुपर्दछ । अनि स्थानीय पालिकाले प्रदेश र सङ्घ सरकारसँग त्यसको प्रभावकारी लगानीका विषयहरूमा स्पष्ट छलफल गर्नुपर्दछ । जुन रणनीतिले गर्दा प्रभावकारी रूपमा उत्पादन अभियान सफल हुन्छ सोही अनुसारको काम गर्नुपर्ने देखिन्छ । यसतर्फ स्थानीय पालिकाको ध्यान जान जरुरी छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार