देश बन्ने विषय भनेको देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक विषयको प्रभावकारी रूपमा विकास हुनु हो । देश बनेन भनेर गरिएका विभिन्न विषयहरूलाई प्रभावकारी बनाउनका लागि सरकारले निर्माण गरेका कानुनहरूको विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ । देशको समग्र आर्थिक अवस्था सुधारका लागि प्रभावकारी रूपमा कानुनहरूको प्रयोग पहिलो कुरा हो । निर्माण गरिएकाकानुनहरूको प्रभावकारी कार्यान्वयनगर्ने विषयमा सरकारले जसरी कामगर्नुपर्ने थियो सोही अनुसारका कामहरू हुन सकेको देखिदैन । नेपालको समग्र विकासको विषयलाई जोडेर गर्नुपर्ने कामहरूको विषयलाई अध्ययन र अवलोकन गर्ने हो भने अहिलेसम्म सरकारले के गर्र्यो भन्ने विषय आमयुवाहरूमा असन्तुष्टिको विषय बनिरहेको छ । सतही रूपमा गरिने यस्ता विश्लेषणहरू कति प्रभावकारी भए वा भएनन् भन्ने विषय पनिअर्को खोजीको विषय हो ।
हिजोका दिनमा विकास माग्नका लागि जसरी काठमाडौँ धाउनुपर्ने थियो,अहिले त्यो अवस्था देखिएको छैन । स्थानीय सरकार मार्फत गाउँ घरमै विकासका कामहरूको विषय प्रभावकारी बनाउने प्रयासहरू गरिएको छ । जसरी प्रभावकारी विकासको थालनी गरिएको थियो सोही अनुसार प्रभावकारी कार्यान्वयन हुन नसकेको विषय भने सत्य हो ।
अहिलेसम्म जति विकासका कामहरू भए ती विकासका कामहरू कोही न कोही पहुँचवालाहरूको भरमा गरिएका छन् । पहुँच भएकाहरूले विकासको जिम्मा पाए केही कमाउनुपर्ने भए पनि उनीहरूले कमाए। तर, जसरी जनताको प्रत्यक्ष शासन अनुसार कामहरू गर्नुपर्ने थियो तीकामहरू नभएको विषय सत्य हो । अब यसरी काम गर्ने हो भने जनताले अपेक्षा गरे अनुसारको कामहुँदैन भन्ने विषयलाई नेपालका राजनीतिकदलहरूले बुझिसकेको अवस्था छ । यसलाई प्रभावकारी बनाउनुपर्ने जिम्मेवारी पनिअहिले सरकार सम्हालेका राजनीतिकदलहरूको नै हो ।
नेपालका राजनीतिकदलहरूमा देखिएका विभिन्न खाले असमझदारीहरूको अन्त्यगर्दै अहिले बनेको नेपालका ठुला दुई वटा राजनीतिकदलहरूको सरकारले प्रभावकारी कामगर्न नसकेको खण्डमा जनतामाझनै धेरै निराशा उत्पन्नहुन सक्ने देखिएको छ । यसकालागि नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई जनताले समेत केही परिवर्तनको हुन्छ कि भनेर मूल्याङ्कन गरिरहेका छन् ।
अबपनि परिवर्तनको विषयलाई प्रभावकारी बनाउन नसक्ने हो भने नेपालको पछिल्लो उपलब्धि माथि नै शङ्कागर्ने अवस्था सृजना हुन सक्ने देखिन्छ । अब नेपालका राजनीतिकदलहरूले जनताको जीवनस्तर सुधारका लागि प्रभावकारी कामहरूको सुरुवात गर्नुपर्दछ । त्यसका लागि जनताको पक्षमा काम गर्दै समग्र देशको अवस्था परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता हो । यो कुरालाई नेपालका सबै राजनीतिकदलहरुले बुझ्न जरुरी छ । अब पनि राजनीतिकदलहरु चुके भने जनताले संघर्ष गरेर ल्याएको व्यवस्थाका विरुद्धमा जनता फेरि जाग्ने दिनआउन सक्छ । तसर्थ त्यस्तो अवस्था आउनु पूर्व नै देशमा सुधारका संकेत र परिवर्तनकाआयामहरुलाई ल्याउन जरुरी छ । पछिल्लो पटक स्थानीय पालिकाहरुमा विकास निर्माणका केही सकारात्मक परिवर्तन देखिन थालेका छन् । यसले गर्दा परिवर्तन सम्भव छ भन्ने पनि देखिन थालेको छ । यसलाई निरन्तरतादिदैं सरकार र विभिन्न राजनीतिकदलहरु अघि बढ्नुको विकल्प देखिदैन ।





