सुर्खेत : आगामी चैत सात गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णालीबाट सहभागीहुने विद्यार्थीको संख्या वृद्धि भएको छ । यस वर्ष कर्णालीबाट ३७ हजार ९ सय ११ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका हुन् । गत वर्ष कर्णाली प्रदेशका दश जिल्लाबाट ३५ हजार आठ सय ८ विद्यार्थी एसइई परीक्षामा सहभागीभएकाथिए ।
शिक्षा विकास निर्देशनालय सुर्खेतको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष माध्यमिकशिक्षा परीक्षा (एसइई)मादुई हजार १ सय ३ भन्दाबढी विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्ष परीक्षामा सहभागी हुनेमध्ये नियमिततर्फ ३१ हजार आठ सय ४, ग्रेड वृद्धितर्फ ६ हजार एक सय ७ र प्राविधिकतर्फ एक हजार तीन सय ४२ विद्यार्थी एसइई परीक्षामा सहभागीहुने भएका हुन् ।
कर्णालीमा यस वर्ष एसइई परीक्षामा सहभागीहुने जम्मा सङ्ख्यामध्ये छात्र १८ हजार ६ सय ७५ र छात्रा १९हजार २ सय ३७ रहेका छन् । कर्णालीमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ ।
शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने उत्तर पुस्तिका, परीक्षा केन्द्र, परीक्षामा खटिने जनशक्ति व्यवस्थापनलगायतकाकाम सम्पन्नभइसकेका छन् । परीक्षा सञ्चालन गर्न आवश्यक सामग्रीजिल्लामा पठाइ सकिएकानिर्देशनालयले जनाएको छ ।
जिल्लाबाट केन्द्राध्यक्ष तोक्ने बाहेकका सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी लोकप्रसाद पौडेलले बताए । एसइई परीक्षामाप्रदेशभर एक सय ८० परीक्षा केन्द्र तोकिएको सूचना अधिकारी पौडेलको भनाई छ । जसमा प्राविधिक धारतर्फ १६ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा सञ्चालनका लागि एक करोड ३९ लाख ३० हजार ५ सय रुपैयाँ खर्च हुनेछ ।
सुर्खेतबाट धेरै विद्यार्थी
चैत सात गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सबैभन्दा धेरै विद्यार्थी सुर्खेतबाट सहभागीहुनेछन् । सुर्खेतबाट नौ हजार ५ सय १३ विद्यार्थीले एसइई परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । जसमा ३३ परीक्षा केन्द्रबाट नियमिततर्फ सात हजार ५७ र ग्रेड वृद्धितर्फ २ हजार ४ सय ५६ विद्यार्थी रहेका छन् । सुर्खेतबाट यस वर्ष १ सय ३० विद्यार्थीले प्राविधिकतर्फकोएसइई परीक्षामा सहभागिताजनाउने छन् ।

यस्तै, रुकुमपश्चिममा १५ परीक्षा केन्द्रबाट ३ हजार ६ सय ६८ विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन् । जसमा नियमिततर्फ ३ हजार ४ सय ४४ र ग्रेड वृद्धितर्फ २ सय २४ जनाविद्यार्थी एसइईमा सहभागीहुने भएका हुन् । रुकुम पश्चिमबाट १ सय ६ जनाले प्राविधिकतर्फको परीक्षादिनेछन् ।
डोल्पामा७ सय ७७ विद्यार्थी एसइईमा सहभागीहुँदैछन् । कुल चार परीक्षा केन्द्र रहेको डोल्पामा ७ सय ३३ नियमित र ४४ ग्रेड वृद्धिका विद्यार्थीले परीक्षा दिनेछन् । डोल्पाबाट एक सय ६५ विद्यार्थी प्राविधिकतर्फको परीक्षामा सहभागी हुनेछन् ।
यस्तै, २५ वटा परीक्षा केन्द्र रहेको कालीकोटबाट चार हजार ८९ विद्यार्थी एसइई परीक्षामा सहभागीहुनेछन् । जसमा तीन हजार एक सय ९६ नियमित र आठ सय ९३ जना ग्रेड वृद्धितर्फका रहेका छन् ।कालीकोटबाट ७२ जनाले प्राविधिक धारतर्फको परीक्षा दिनेछन् ।
१६ वटा परीक्षा केन्द्र रहेको जुम्लाबाट दुई हजार ६ सय ८१ विद्यार्थी एसइई परीक्षामा सहभागीहुँदैछन् । नियमिततर्फ दुई हजार पाँच सय १५ विद्यार्थी रहँदा, एक सय ६६ ग्रेड वृद्धि अन्तर्गतकाविद्यार्थी रहेका छन् ।जुम्लाबाट एक सय ४५ जनाले प्राविधिकतर्फको परीक्षा दिनेछन् ।
यस्तै, जाजरकोटबाट चार हजार ६ सय ६८ विद्यार्थीले २२ वटा परीक्षा केन्द्रबाट एसइई परीक्षा दिनेछन् । जसमा नियमिततर्फ चार हजार तीन सय ३९ र ग्रेड वृद्धितर्फ तीन सय २९ विद्यार्थी छन् । जाजरकोटबाट एक सय ११ जनाले प्राविधिकतर्फको परीक्षामा सहभागी हुनेछन् ।
यस वर्षको एसइई परीक्षामा दैलेखबाट ६ हजार १ सय ९६ विद्यार्थी सहभागीहुँदैछन् । कुल २७ परीक्षा केन्द्रबाट नियमिततर्फ चार हजार सात सय र ग्रेड वृद्धितर्फ १ हजार ४ सय ९६ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
सल्यानका २३ परीक्षा केन्द्रबाट ४ हजार २ सय ६९ विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन् । नियमिततर्फ ४ हजार ८५ र ग्रेड वृद्धितर्फ एक सय ८४ विद्यार्थी छन् । सल्यानमा दुई सय ७१ जनाले प्राविधिकतर्फको (एसइई) परीक्षा दिनेछन् । हुम्लामा सात वटा परीक्षा केन्द्र तोकिएका छन् ।
हुम्लाबाट यस वर्ष एक हजार १ सय ४ जनाले एसइई परीक्षादिँदैछन् । जसमा नियमिततर्फ ९ सय ५० र ग्रेड वृद्धितर्फ १ सय ५४ विद्यार्थी छन् । आठ वटा परीक्षा केन्द्र रहेको मुगुबाट ९ सय ४६ जनाविद्यार्थी एसइईमा सहभागीहुँदैछन् । जसमा नियमिततर्फ ७ सय ८५ र ग्रेड वृद्धितर्फ १ सय ६१ छन् । मुगुबाट प्राविधिकतर्फ ५७ विद्यार्थीले परीक्षा दिनेछन् ।











