सुर्खेत: सुर्खेतको पञ्चपुरी नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र गरङ्जा मगर बाल्यकालदेखि नै मूर्तिकला र चित्रकलामा रुचि राख्ने व्यक्ति हुन्। औपचारिक शिक्षा कक्षा १२ सम्म मात्र लिए पनि उनले आफ्नै रुचि र सीपको आधारमा तीन वर्ष देखि मूर्तिकला क्षेत्रमा निरन्तर काम गरिरहेका छन् ।
सानैदेखि चित्र कोर्न मन पराउने राजेन्द्रले प्रारम्भमा माटोको मूर्ति बनाउने गरेका थिए । त्यसपछि उनले सिमेन्टको मूर्ति बनाउन थाले। तीन वर्ष यता उनले विभिन्न ठाउँमा मूर्ति निर्माण गरिसकेका छन्। गुराँस गाउँपालिकाको भ्यू टावरमा रहेको डाँफेको मूर्ति उनले निर्माण गरेका हुन्भने शिवमन्दिरमा पहिलो मूर्ति बनाउने अवसर पनिउनले नै पाएका थिए।
पहिले घरपरिवारले उनलाई सेनामा भर्ती हुनुपर्ने दबाब दिएको थियो । तर, उनको मूर्तिकला प्रतिको मोह र लगनशीलता देखेर अहिले परिवारले उनलाई पूर्णरूपमा साथ दिएको छ।
यस क्षेत्रमा उनले कमाउन थालेपछि परिवारको समर्थन झन् बढेको छ। पहिलो मूर्ति बनाएर तीन महिनामा ९० हजार रुपैयाँ कमाएका राजेन्द्रले १७ दिनको अवधिमा नै ७० हजार रुपैयाँ आर्जन गरेका थिए। हालउनी कर्णाली फनपार्कका लागि मूर्ति बनाइरहेका छन्। डाक्टर नवराज केसीले उनलाई सो पार्कमा मूर्तिकला सम्बन्धी कामको जिम्मेवारी दिएका हुन्। उनले एउटा मूर्ति बनाएबापत ८० हजार रुपैयाँ पारिश्रमिक पाउने सम्झौता गरेका छन्।
हालसम्म उनले करिब दुईदेखि तीन लाख रुपैयाँपा रिश्रमिक प्राप्त गरिसकेका छन्। घरका जेठा छोराका रूपमा उनले परिवारको जिम्मेवारी सम्हालि रहेका छन् । आमाबुबाले खेतीपाती गरेर घरखर्च चलाउने भए पनि दाजुभाइ बहिनीलाई पढाउन हम्मेहम्मे पर्ने अवस्था थियो ।
तर, उनले मूर्तिकला क्षेत्रबाट कमाएको आम्दानीले परिवारलाई सघाइरहेका छन् । उनले आफ्नो कमाइले बहिनीलाई वीरेन्द्रनगरमा पढाइरहेका छन्। पढाइमा भन्दापनिमूर्ति बनाउन र चित्र कोर्नमा रुचि राख्ने राजेन्द्रलाई यो पेशाले निकै उत्साहित बनाएको छ। मूर्तिकला क्षेत्रमै लागेर उनले तीन लाख रुपैयाँ कमाइ सकेका थिए।
उनले यही क्षेत्रमै आफ्नो भविष्य देखेका छन् । अहिले उनले ज्यालादारी तथा ठेक्काको आधारमा काम गर्छन्। दैनिक ज्यालादारीको हिसाबले उनले २५ सय रुपैयाँपारिश्रमिकलिने गरेका छन्। मूर्तिकला बाहेक उनी भविष्यमा आर.एन.टी (रेडियोलोजी एन्ड न्युक्लियर टेक्नोलोजी) सम्बन्धीअध्ययन गर्न चाहन्छन्। तर, नेपालमा त्यो पढाइ काठमाडौंमै मात्र उपलब्ध भएकाले उनले घरको आर्थिक भारले गर्दा तत्काल सम्भव देखिरहेका छैनन् ।
उनले मूर्तिकलामा गरेको योगदानलेमात्रै नभई कर्णालीफनपार्क आफैं पनि महत्वपूर्ण परियोजना हो। सुर्खेत स्थित प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले तीन बिघा क्षेत्रफलमा यो पार्क निर्माण गरिरहेका छन् । डाक्टर केसीकाअनुसार, डेढ वर्षभित्रनिर्माण सम्पन्नगर्ने लक्ष्य राखिएको यो पार्क बालबालिकाका लागि विशेष रूपमा समर्पित हुनेछ। पार्क निर्माणको उद्देश्य कर्णालीका बालबालिकालाई आफ्नो संस्कृतिबारे जानकारी दिने हो ।
डाक्टर केसी भन्छन्, ‘कर्णालीमा आउने पर्यटकहरूले यहाँको लिमीभ्याली, राउटे समुदाय, अपर डोल्पा, शे–फोक्सुण्डो, तथा गुम्बाहरूको जानकारी पाउन् भन्ने सोचका साथ यो पार्क निर्माण भइरहेको छ ।’
कर्णालीलाई चिनाउने उद्देश्य सहितनिर्माण भइरहेको यो पार्कमा मूर्तिहरूको माध्यमबाट सांस्कृतिक सम्पदा झल्काउने योजना बनाइएको छ। यस्ता मूर्तिहरू बनाउन राजेन्द्र जस्ता स्थानीय कलाकारहरू संलग्न हुनु कर्णालीको सीप, संस्कृति र पहिचानलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण पक्ष हो ।
राजेन्द्र मूर्तिकला क्षेत्रमा आफैं स्थापित मात्र नभई कर्णालीको पहिचान झल्काउने मूर्तिहरू बनाउँदै आफ्नो सीपलाई थपनि खार्ने प्रयास गरिरहेका छन्। प्रारम्भमा काम खोज्दै भौतारिएका उनी अहिले पार्कमा मूर्तिकला सम्बन्धी जिम्मेवारी पाउँदा निकै खुसी छन्।
उनले कर्णालीमा मूर्तिकला क्षेत्रमा अरू युवाहरूलाई पनि प्रेरित गर्ने खालकाकामगरिरहेका छन्। यद्यपि, नेपालमा मूर्तिकला सम्बन्धीऔपचारिक शिक्षातथातालिमउपलब्धनभएकाले इच्छुक युवाहरूले स्व–प्रयासबाटै सिक्नुपर्ने अवस्था छ।
राजेन्द्र जस्तै सीप भएकायुवाहरूलाई सरकारले आवश्यक प्रशिक्षण तथा अवसर प्रदानगर्न सके उनीहरूको प्रतिभालाई अझ प्रभावकारी रूपमाउपयोग गर्न सकिने देखिन्छ। कर्णाली फनपार्क जस्ता परियोजनाले यस्तो प्रतिभाशाली युवालाई अवसर दिएर उनको कलाउजागर गर्न सहयोग पु¥याइरहेको छ।
उनको यात्रा संघर्षपूर्ण भएपनिउनले आफ्नो सीपलाई निरन्तर परिष्कृत गर्दै गएका छन्। कर्णालीको माटोमा हुर्केका राजेन्द्र जस्ता कलाकारहरूले नै यहाँको पहिचान स्थापितगर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।










