चामुण्डा प्रिमियर लिग क्रिकेट हुँदै

दैलेख : दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा प्रथम अन्तरपालिका स्तरीय ‘चामुण्डा प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीयस्तरमा खेलकुदको विकास र खेलाडीको क्षमता विकास गर्ने उद्देश्यले स्थापना भएको चामुण्डा विन्द्रासैनी स्पोटर््स एकेडेमीले आफ्नो स्थापनादिवसको उपलक्ष्यमा क्रिकेट प्रतियोगितागर्न लागेको हो ।
प्रतियोगिता यही चैत्र १५ गतेदेखि १९ गतेसम्म विन्द्रासैनी खेलमैदानमा १२ ओभरको क्रिेकेट प्रतियोगिता हुने स्पोट्र्स एकेडेमीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
उक्तक्रिकेट प्रतियोगिताम दैलेख जिल्लाका ११ वटै पालिका र दर्ता भएका क्लवहरुको सहभागी रहने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ७१ हजार १ सय ७१ रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी द्वितीय हुने टिमले ४१ हजार १ सय४१, तृतीय हुने टिमले २१ हजार १ सय रुपैयाँ ररसान्त्वना हुने टिमले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
करिव ६ लाख २० हजार खर्च अनुमानगरिएको क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा बडिमालिका निमार्ण सेवा वीरेन्द्रनगर सुर्खेत रहेको छ । प्रतियोगितामा चामुण्डा विन्द्रासैनी नगरपालिका, कर्णाली मेगा इन्जिनियरिङ्ग ल्याबोरेटरी प्रा.लि. सुर्खेत, सफल निमार्ण सेवा नेपालगञ्ज र सुशान्त निर्माण सेवा सुर्खेतको सहकार्य रहनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार