तत्कालीन समयमा भएका विकासका कामहरू र अहिले भएका विकासका कामहरूको गतिलाई हेर्ने हो भने धेरै ठुला पूर्वाधारहरूको विस्तार भएको छ । हरेक जिल्ला जिल्लामा सडक प्रभावकारी बन्दै गएका छन् । पूर्व पश्चिम राजमार्ग, तराई द्रुत मार्ग, मध्य पहाडी राजमार्ग पहाडी बस्तीसम्म पुगेर विकासको नयाँआयामहरू देखा परिरहेका छन् । ठुला–ठुला जलविद्युत आयोजनाहरू धमाधम निर्माण भएका छन् । निर्माण सम्पन्न हुन केही ठुला परियोजनाहरू र निर्माण सुरु नभएका योजनाहरूमा निर्माणको प्रक्रिया थालनी भएको छ । लामो समयदेखि रोकिएका देशको समृद्धिका परियोजनाहरू मध्येकै सबैभन्दाआशालाग्दो परियोजनाका रूपमा रहेको पेट्रोलियमअन्वेषण परियोजनाले अहिले नयाँ आशा प्रदान गरेको छ । विद्युत नभएर पहाडका बस्तीहरूमा दियालो बाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ । आर्थिक अभावले शिक्षा आर्जन गर्न नपाएको हिजोको अवस्था भन्दा अहिले निकै धेरै परिवर्तन भएको छ ।
विकासको क्रमसँगै मानवीय आवश्यकताको पहिचान गरेर धमाधम विकासका कामहरू सुचारु भएका छन् ।यी कामहरू सँगै सुशासन र पारदर्शीताको विषयलाई अझैँ महत्वदिनुपर्ने अवस्थाआएको छ । नेपाल अल्पविकसित मुलुक किन भयो ?यहाँका धेरै प्राकृतिक स्रोत र साधनहरूको किन सदुपयोग हुन सकेन ? यस्ता विषयहरूका बारेमा नेपालका राजनीतिक दलहरूले गम्भीर समीक्षा गरेर देशको समग्र विकासको कामलाई आम जनतासामू लैजानुपर्दछ । सरकारले पछिल्लो पुस्ताहरूको भावना अनुसार नयाँमोडेल निर्माण गर्दै केही पुराना ऐन नियम र नीति परिवर्तन गरेर नयाँ आयामका साथ विकासका कामहरू सञ्चालन गर्नपर्दछ । राजतन्त्रको अन्त्यपछि सत्ता चलाएका विभिन्न राजनीतिकदलहरूले नयाँ मोडलेका बारेमा, नयाँविश्व परिवेशका बारेमा नयाँ पुस्ताहरूको चाहनाका बारेमा विवेक पु¥याउन नसकेको पक्कै हो । अझैँपनि समय बिग्रेको छैन । नेपाललाई साँचो अर्थमाविकासको रोलमोडल देश बनाउने अठोटका साथ नेपालका राजनीतिकदलहरूले ऐक्यवद्धता प्रकट गर्दै कोही कसैको आफन्तवाद हुन नहुने, आमनागरिकको वाद हुनुपर्ने विषयलाई प्राथमिकतामा राखेर केही विकासका आयामहरूलाई परिवर्तन गर्ने साझा अठोट गर्ने हो भने समृद्धको मार्गमा लम्केको नेपालले धेरै प्रगतिगर्न सक्ने देखिन्छ ।
देश समृद्धितर्फ जाँदै गरेका विभिन्न उदाहरणहरू नेपालमा प्रभावकारी रूपमा अगाडि बढेका छन् । गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हैन बरु सुधार गरिएको गणतन्त्र नै नेपालको लागिआवश्यकहो । तसर्थ यस दिशातर्फ सरकार र राजनीतिकदलका कदमहरु अगाडि बढ्नुपर्दछ ।





