
सुर्खेत ः सुर्खेतमा जारी यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडी रौनक श्रीवास्तबले गण्डकी विरुद्ध दोहोरो शतक (डबल सेन्चुरी) बनाएर रेकर्ड बनाएका छन् । उनले एक सय १७ बलमा १६ चौका १६ छक्काको मद्दतले दुई सय १७ रन बनाएका छन् । लुम्बिनीको ४०३ रनको विशाल योगफलको रेकर्ड बनाएको । यो उमेर समुहको घरेलु प्रतियोगितामा यो रेकर्ड रौनकको रहने भएको छ ।
टीबी स्मृति प्रथम–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा यो उमेर समूहको खेलमा रौनकले इतिहासमा आफ्नो रेर्कड बनाएको खेलका मिडिया संयोजक नगेन्द्र उपाध्यायले बताए । वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जीत दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसँग मिलेर २ सय ४४ रनको बलियो साझेदारी पूरा गरे । गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्बिनीको पारी ४५ ओभर ४ बलमा अलआउट हुनुअघि ४ सय ४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो ।
शैलेश काफ्लेको बलमा समिर न्यौपानेबाट क्याच आउट हुनुअघिसम्म रौनकले १ सय ८५ को स्ट्राईक रेटमा आक्रामक ब्याटिंग गर्दै प्रतियोगिता कै रौनक बढाए । लुम्बिनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७÷१७ रनको थप्दा ४७ रन बोनस स्वरुप प्राप्त भयो । गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक–एक विकेट लिएका थिए ।
४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट भयो । गण्डकीका अनिष राउतले नटआउट २२, प्रतिक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरुले कसैलेपनि दोहोरो अंक कटाउन सकेनन् । लुम्विनीका शुभम् खनालले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए । त्यस्तै, अर्को खेलमा कर्णालीले सुदुरपश्चिम प्रदेशलाई हराएको छ ।










