दैलेख : भदौ १० गते रसुवा लगायतका बिभिन्न जिल्लामा आएको बाढीबाट प्रभावित भएका व्यक्तिहरुको सहयोगका लागि दैलेखको ग्रामीण विकास सेवा केन्द्रले, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय ५१ रकम सहयोग गरेको छ । बाढीका कारण स्थानीय सर्वसाधारणको धनजनको ठूलो क्षति पुगेसँगै संस्थाको तर्फबाट उक्त रकम प्रदान गरिएको संस्थाका अध्यक्ष मिरा स्वर्णकारले जानकारी दिएका छन् । प्राकृतिक विपत्तिका बेला बाढीपीडित नागरिकहरूलाई तत्काल राहत, उद्धार र पुनस्र्थापना कार्यमा थोरै भए पनि राहत पुगोस् भनेर संस्थाले रकम जम्मा गरेको स्वर्णकारको भनाई छ ।
प्राकृतिक विपत्तिका बेला पीडित परिवारलाई राहत र पुनस्र्थापनामा संस्थाले यस अघिका बिभिन्न खाले बिपद्मा समेत सहयोग गरेको संस्थाका नबिन शर्माले जानकारी दिएका छन् ।












