संस्कृति जोगाउनु सवैको दायित्व हो

कला सँस्कृतिको संरक्षण गर्नु सवैको उत्तिकै दायित्व हुन आउँछ । दैलेख जिल्लालाई विश्वभर पहिचान गराउने एउटामात्र महत्वपुर्ण माध्याम भनेको नै कला सँस्कृति र जिल्लामा रहेका ऐतिहाँसिक पुरातात्विक वस्तुहरु हुन तरपनि यसको उचित संरक्षण नभएकै कारण जिल्लामा यस्ता ऐतिहाँसिक महत्वका वस्तुहरु ओझेलमा पर्दै गएका छन् । गाँठे मंगको दिनदेखी सुरु हुने एक महिने बर्षेमेला संचालनमा यो बर्ष कठिनाई उत्पन्न भएको छ त्यसको एउटामात्र        कारण भनेको आर्थिक र अन्य पूर्वाधारमा समस्या हो ।  एक महिनाभरी बजारमा मेला संचालन हुँदा सदरमुकामकै व्यापार व्यवसाय निकै बढ्ने र आर्थिक कारोवारमा ठूलो         परिवर्तन हुनुको साथै आन्तरिक पर्यटनमा पनि उल्लेख्य बृद्र्धी हुने  गर्दछ ।
विशेष गरि नेवार समुदायको बिशेष पर्वको रुपमा मानिने यो पर्व हाल अन्य जातिकाहरुले पनि संरक्षणमा पहल गर्नु दैलेखको लागि निकै राम्रो कुरा हो तर सहयोग गर्नुपर्ने स्थानीय निकायहरुले यस बिषयमा भने अहिलेसम्म कुनैपनि सहयोग गर्न सकेको देखिदैन् ।
जिल्लामा मेला संचालनमा समस्या भएकोले जिल्ला परिषदवाटै कला सँस्कृति संरक्षण भन्दै केही रकम सहयोग गरिदिन जिल्ला विकास समिति र नारायण नगरपालिका दैलेखलाई चारवटै क्लवका पदाधिकारीहरुले संयुक्त मागपत्र पेश गरेका छन् तर अचम्म के भने जिल्लाविकास समिति र नगरपालिकाले सँस्कृति संरक्षणको नाममा बर्षैनी लाखौं खर्च गरेको देखिन्छ । पर्यटन पर्वद्धनका लागि भनेर लाखौं खर्च गरिन्छ । अव जिल्लामै संचालन हुने मेलाको लागि पनि सम्वन्धित निकायले आँखा खोलिदिने हो की ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार