जनताले आफ्नो अधिकारको रक्षाका लागि भनेर संविधान सभाको दोस्रो निर्वाचन भएपनि हुन्छ भनिरहेका बेला पुनः दलहरुकै तानाखिचीका कारण मुलुमा झनै ठूलो अर्को अराजक स्थिती आउने संकेत देखिएको छ ।
चुनाव गराउने भन्दै निकै तम्सिएका चार दल र निर्वाचन हुन नदिने ३३ दलिय मोर्चाकोे जिम्मेवारी सम्हालेका वैद्यय समुहको वैठकले चुनाव शान्तिपुर्ण तरिकावाट हुन नदिने संकेत देखिएको छ ।
बैद्यय समुहको सहमती चुनावको मिति सार्ने र बर्तमान सरकारको राजिनामा देखिएको छ भने दुवै कुरा अहिले संभवन नभएको भनिरहेका चार दलले यो मुलुकमा पुनः शान्ति स्थापना गर्न सक्छन् भन्ने कल्पना गर्न नसकिने वेला आएको छ । यस्तो पाराले सहमती तत्काल देखिने कुनै संकेत देखिएको छैन् । वर्तमान सरकार चुनावको अन्तिम तयारीमा जुट्ने अनि वैद्यय समुह जसरी पनि चुनाव विथोल्ने भन्नेतर्फ लागेपछि कसरी मुलुकले निकाश पाउने हो त्यो भने हेर्न बाँकी नै रहेको देखिन्छ ।
अव सोचनीय विषय बनेको छ । सहमती, चुनाव र चुनावको मिति यो कसरी संभव हुन सक्छ या नभए के हुन्छ यसको स्पष्ट खाका जनतालाई जानकारी गराउन जरुरी देखिन्छ ।





